Loading...
सर्लाहीको श्रीनगरमा शनिबार साँझ परालले छोपिएको अवस्थामा फेला
परेका दुबै शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी रमेशकुमार खडकाले जानकारी दिनुभयो ।
मृतकको शरीरमा गोली लागेको र घटना स्थलबाट गोलीको खोकाहरु समेत भेटिएको छ । साथै धारिलो हतियारले समेत आक्रमण गरिएको पाइएको छ ।
मृतक दुवै मधेसी मूलका युवा हुन् । घटनाको कारण खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान गर्न प्रहरी विशेष टोली घटनास्थल पुगिसकेको डीएसपी खड्काले बताउनुभयो ।
Loading...
Social Buttons