Latest News

भारतीय हस्तक्षेप विरुद्ध राष्ट्रियताका पक्षमा ढाकिए राजधानीका सडक (फोटो फिचर)

काठमाडौं, मंसिर ११ । भारतीय नाकाबन्दीको बिरोधमा राजधानीमा मानव सागर सडकमा देखिएको छ । नीजि तथा आवासीय विद्यालयलगायत बिभिन्न संघसंस्थाको पहलमा राजधानीका मुख्य सडकहरुमा विद्यार्थी प्लेकार्ड र नेपाली झण्डा बोकेर निस्किएका छन् ।
indian protest9
प्याब्सन तथा एन प्याब्सनको आव्हानमा भारतीय हस्तक्षेप बन्द गर, हामी नेपाली, स्वाभीमानी नेपाली नारा लगाउँदै विद्यार्थीहरु आफ्नो स्कूल तथा कलेजबाट निस्केर मानवसांग्लोमा जुटेका छन् । विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथ प्रदर्शन गरेका हुन् ।
indian protest10
‘बाँच्न र पढ्न देऊ’ भन्ने मुख्य नाराका साथ आज बिहान ११ बजेदेखि कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भुलगायतका स्थानमा विद्यार्थीहरुको मानव साङ्लो तयार भएको छ। लगातारको आन्दोलन र नाकाबन्दीले बालअधिकार हनन् भएको प्लेकार्डसहित विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
indian protest4
एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरिने जानकारी दिए। करिब ५ लाख विद्यार्थीले सो मानव साङ्लोमा सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छन्।
indian protest3
निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था अपिलमा आबद्ध छन्।
indian protest2


indian protest5

Loading...