Latest News

बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ज्यान लिने धम्की !!!

nitish_kumar
एजेन्सी, मङ्सिर ११ । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारलाई ज्यान लिने धम्की आएको छ । मोवाइलमा म्यासेज मार्फत नितिशको ज्यान लिने धम्की आएको पुलिसले बताएको छ ।
एक टिभी च्यानलका अधिकारीको मोवाइलमा यस्तो धम्की आएको हो । धम्की दिनेले मोबाइल नम्वर ८८७३००२४८४बाट म्यासेज पठाएका थिए ।
यो सुचना पाउना साथ पुलिसले अनुसंधान शुरु गरेको छ । पटनाको श्रीकृष्णापुरी पुलिस चौकीमा केस दर्ता भएको छ ।
धम्कीपछि नितिश कुमारको सुरक्षा बढाइएको छ ।
धम्की दिनेले म्यासेजमा के भनेका थिए भन्नेबारेमा पुलिसले केहि खुलाएको छैन ।
Loading...