Latest News

‘देश छाड्ने’ अभिव्यक्ति दिएका आमिर खान अमेरिका लागे !!!

मुम्बई । देशमा बढ्दो असहिष्णुतालाई लिएर दिएको अभिव्यक्तिले विवादमा आएका बलिउड अभिनेता आमिर खान अमेरिका प्रस्थान गरेका छन् ।
भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा यसअघि देशमा बढ्दो असहिष्णूताले पत्नि किरण रावसँग देश छाड्ने घर सल्लाह भएको बताएका आमिर शुक्रबार मुम्बई विमानस्थलबाट अमेरिका गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आमिर आफ्ना छोरालाई भेट्न अमेरिका गएको बताइएको छ । तर, यसअघि उनको देश छाड्ने अभिव्यक्तिले उनका दर्शकले छोरा भेट्न गएको कुरा पत्याएका छैनन् । धेरै फ्यानले आमिरले देश छाडेको अनुमान गरेका छन् ।
पञ्जाबको लुधियानामा आफ्नो फिल्म दंगलको शूटिंगमा व्यस्त आमिर शुक्रबार मुम्बई फर्किएर अमेरिका उडेका हुन् । अमेरिका जाँदा एयरपोर्टमा देखिएका आमिरले मिडियासँग केही बोलेनन् । जसका कारण पनि आमिर किन अमेरिका गए भन्ने कुरा खुल्न सकेको छैनन् ।
Loading...