Latest News

बुटवलमा भारतीय मीनी ट्रक जलाइयो !!!

Agajaniकाठमाडौं, मङ्सिर ११ । बुटवलको राजमार्ग चौराहा चोक नजिकै आज बिहान एक भारतीय मीनी ट्रक आगजनी भएको छ । चौराहाको प्रहरी बिटबाट ९० मिटरको दुरीमा बिहान  ११ बजेको समयमा यूपी ५६ टी १६०१ नम्बरको मीनी ट्रकमा आगजनी भएको हो ।
हरियो केरा बोकेर बुटवलको  थोक बजार केन्द्रमा जादै गर्दा बिग्रेर रोकिराखेको अवस्थामा ट्रकमा ।  अपरिचित ब्याक्तीहरुले गाडिमा आगोलगाएर भागेको चालकले बताएका छन् ।गाडीमा कस्ले आगो लगायो भन्ने अझै खुलेको छैन ।
सवारी चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ । बुटवल उपमहानगरको बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो निभाइएको छ ।
Loading...