Latest News

देशमा संकट आएका वेला पूर्वयुवराज पारस शाह सक्रिय ;देशको स्थितप्रति चिन्तित

काठमाण्डु, १४ मंसिर– पछिल्लो तीन महिनादेखि देशमा संकट आएपछि पूर्वयुवराज पारस शाहले आफ्नो सक्रियता बढाएका छन् । उनले नेपाली समाज सधै मौन रहने गरेको भन्दै नेपाली समाजको प्रवृत्तिमाथि प्रश्न उठाउँदै सामाजिक संजालमा आफ्नो सक्रियता बढाएका हुन् । लामो समयसम्म गुमनाम रहेका पारस देशको पछिल्लो स्थितिका कारण कतैकतै राजतन्त्रको चर्चा चल्न थालेपछि सामाजिक संजालमा सक्रिय देखिएका हुन् ।
pars2
उनले आफ्नो फेसबुकमार्फत ‘फ्रुट फर थट’ भन्दै त्यसलाई विभिन्न श्रृङ्खलामा पोष्ट गर्दै आफ्नो विचार राख्न थालेका हुन् । उनले आइतबार राति आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली समाज किन यति शान्त ?, पछिल्लो तीन महिनादेखि हामी इन्धन र गयासको अभावमा बसिरहेका छौँ, हामीसँग खाना पकाउने दाउरासमेत नहुँदा हामी त्यसलाई वेवास्ता गरेर बसिरहेका छौँ किन ? ’
paras1
उनले आफूहरुको धर्म उनीहरुले खोस्दा हामी चुप लागेर बस्यौँ र अहिले पनि चुप छौँ किन भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘९० को दशकदेखि पहिलो विश्वका देशहरुले नेपाली जीवनशैलीमाथि प्रयोग गर्न खोजेका कारण आज हाम्रो जीवनशैली खतरामा परेको छ ।’
paras1
उनी लेख्छन्, ‘हामी तिब्बती जस्तै चेतनाको उच्च्च तहमा भएर हो कि ? यही भएर हाम्रो समाजले गौतम बुद्धजस्ता ब्यक्तिलाई जन्म दिएको हो कि ? हाम्रो जीवनशैली नै यस्तै हो कि तर, आज हाम्रो यही शैली खतरामा छ ।’
साथै उनले भारतको नाम लिदै यो नेपालले असल मित्र छान्ने समय भएको उल्लेख गरेका छन् । यद्यपी उनको नाममा खोलिएका विभिन्न फेसबुक एकाउन्टहरु भएता पनि यस एकाउन्टमा उनले आफ्नो छोरा, छोरीसहितको फोटो यस एकाउन्टमार्फत बाहिर ल्याएकाले यसलाई उनको आधिकारिक एकाउन्ट मान्दै आइएको छ ।
Loading...