Latest News

भारतीय मिडियाहरुमा छायो एमाले नेता प्रदीप ज्ञवालीको भनाई– “भारत हमें धौंस दिखाने कि भूल ना करे

काठमाडौं, मंसिर १४ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले व्यक्त गरेको अभिव्यक्ति यतिखेर भारतीय मिडियाको प्रमुख हेडलाइन बनेको छ ।
नेपालमा जारी संकटबारे भारतीय सरकारी सञ्चारमाध्यम प्रेस ट्रष्ट अफ इण्डियाले तयार गरेको समाचारमा नेता ज्ञवालीका विचारलाई भारतका सबैजसो मुख्य समाचारपत्रहरुले भारतीय मिडियाहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
भारतबाट प्रकाशित हुने नवभारत टाइम्स, हिन्दुस्तान टाइम्स, पञ्जाब केसरी, दैनिक भास्कर, दैनिक जागरण, नई दुनिया, रफ्तार न्यूज, अमर उजाला, राजस्थान पत्रिका, पत्रिका, जनसत्ता लगायतका पत्रिकाले “भारत हमें धौंस दिखाने कि भूल ना करे” शीर्षकमा ज्ञवालीको अभिव्यक्ति प्रकाशित गरेका हुन ।
gyawali2
प्रकाशित समाचारमा ‘नेपालमा सत्ताधारी पार्टी सीपीएन (यूएमएल)का वरिष्ठ नेता प्रदीप ज्ञवालीले उनको देशले भारतको धम्कीपूर्ण व्यवहारलाई नसहने बताएका छन् । पार्टी सचिव ज्ञवालीले नेपाल भारतसँग सौहार्दपूर्ण सम्बन्ध बनाइराख्न चाहने पनि बताए । उनले नेपाल र भारतबीच हालैका दिनमा देखिएको तनावलाई समाप्त पार्न प्राथमिकताका आधारमा काम गर्न समेत मोदी सरकारसँग अनुरोध गरे ।”

पिटीआई नेपालमा राष्ट्रिय समाचार समिति जस्तै समाचार एजेन्सी हो । पिटीआईको समाचारमा अगाडि लेखिएको छ । “यदि भारत विश्व राजनीतिमा आफ्नो भूमिका निर्वाह गर्न चाहन्छ भने सबैभन्दा पहिला उसलाई आफ्ना छिमेकीसँग सौहाद्र्रपूर्ण सम्बन्ध कायम गर्नुपर्ने छ ।”
gyawali1
समाचारमाध्यमहरुमा प्रमुखता पाएको ज्ञवालीको समाचारले भारतीय मिडियामा नेपालका बारेमा छाएको भ्रमलाई अन्त्य गर्न निकै सहयोग भने पुर्याएको छ । ज्ञवालीले स्पष्टसँग भारत र नेपाल सम्बन्धका आयामहरुको चर्चा गरेका छन् । नेपालले भारतसँग समानताका आधारमा सम्बन्ध अगाडि बढाउन खोजेको भएपनि भारतको धम्कीपूर्ण व्यवहारलाई स्वीकार गर्न नसकिने उनले स्पष्ट पारेका छन् । सन्तुलित सम्बन्धको उनले वकालत गरेका छन् ।

gyawali3चीनसँगको सम्बन्ध र भारतसँगको सम्बन्धका बारेमा समेत ज्ञवालीले सन्तुलित अभिव्यक्ति दिएका छन् । भूकम्पको बेला चीनले दिएको सहयोग र अहिलेको संकटका बेला गरेको सहयोगलाई भारतले गलतरुपमा बुझेको उनले बताएका छन् । भारतले किन यस्तो गरिरहेको छ भन्ने कुरा नेपाललाई बुझ्नै गारो परेको उनको भनाई छ । 
Loading...