Latest News

सिंहदरबारदेखि राष्ट्र संघको कार्यालयसम्म नाकाबन्दीविरुद्ध विशाल मानव साङ्लो (फोटोहरुसहित)

काठमाडौं, मङ्सिर १४ । भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय पुल्चोकसम्म आज मानव साङ्लो प्रदर्शन गरिएको छ ।
पारवहन हाम्रो सार्वभौम अधिकार हो, भारतीय हस्तक्षेप मान्दैनौं भन्दै शुरु भएको राष्ट्रिय स्वाधिनता अभियान अन्तर्गत नेपालमाथि भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न उक्त प्रदर्शनको आयोजना गरिएको अभियानमा सक्रिय नेता ठाकुर गैरेले बताए ।
यसअघि पनि अभियानले राष्ट्रिय स्वाधिनताका पक्षमा प्रदर्शनलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
अभियानले सार्वभौमिकताको रक्षा र वैदेशिक हस्तक्षेपको विरोधमा आम नेपाली युवा, विद्यार्थी, कलाकर्मी, बुद्धिजीवि, विभिन्न पेशाकर्मीहरुसँग सहकार्य गर्दै यो प्रदर्शन आयोजना गरेको हो ।
प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो ।12325451_1652108625054226_505047672_n

swadhinataaa2

swadhinata
Loading...