Latest News

राजेन्द्र महतो भन्छन्; सरकार गल्दैछ, मधेसी आन्दोलन अन्तिम चरणमा

काठमाडौं, मंसिर १० । मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनताले अन्तिम चरणको आन्दोलन लडिरहेको बताएका छन् ।
मधेशी जनताले १ सय ४ दिनदेखी जारि राखेको अधिकारको लडाईको समाप्त हुनै लागेको महतोको दावी थियो ।
गत शनिबार र आइतबार सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका चारै जानको परिवारसँग बुधबार भेटघाट गर्दै महतोले जनताको अधिकारको लडाईमा कुनै निरङकुस शासक टिक्न नसकेको जिकिर गरे । “मधेसीको लडाईमा सरकार पछाडी हटेको छ ।” महतोले भने ।
प्रहरीको गोलीबाट भारदहमा मृत्यु भएका सप्तरीको डाढा गाविस ७ बलिया बथनाहाका २२ वर्षिय बिरेन्द्र रामको परिवारजनसँग भेटी अध्यक्ष महतोले सान्त्वना दिए । यसैगरी रुपनीमा मृत्यु भएका जिल्लाको जमुनी मधेपुरा गाविस ९ छपकी टोलका २७ वर्षिय नागेन्द्र यादव, जमुनी मधेपुराको प्रसाही टोल निवासी २० वर्षिय शिव शंकर दास र राजविराज नगरपालिका १ निवासी ४० वर्षिय दिलिप साहको परिवारसँग समेत महतोले छुट्टाछुट्टै भेटेका थिए ।
मृतकहरुलाई अविलम्व शहिद घोषणा गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको उनले मृतकका परिवारलाई बताए ।  भेटघाटमा पार्टीका राष्टूीय उपाध्यक्ष नवलकिशोर साह, पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश यादव, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न। ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नगर अध्यक्ष अमरकान्त झा, विद्यार्थी मंचका राष्टूीय अध्यक्ष किशोर कुमार यादव, महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायत केन्द्रीय नेता तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
Loading...