Latest News

मधेसी कार्यकर्ताले मोरङमा एक व्यक्तिलाई जिउँदै जलाए, अवस्था चिन्ताजनक

काठमाडौं, मङ्सिर १० । भारतबाट अबैध रुपमा पेट्रोल लिएर नेपाल आएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले मोरङमा एक व्यक्तिलाई जिउंदै जलाउने प्रयास गरेका छन् ।

साइकलमा नेपाल–भारत सीमावर्ती बजारबाट जर्किनमा पेट्रोल लिएर मोरङको खोर्सानीस्थित मोटरसाइकल ग्यारेजमा जांदै गरेका मोरङ भातिगञ्ज–७ का बब्लु राजबंशीलाई जलाउने प्रयास भएको छ ।
चार जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले भातिगञ्ज–२ मा रोकेर बन्दको बेला भारतबाट पेट्रोल लिएर आएको भन्दै त्यही पेट्रोल खन्याएर राजबंशीको शरीरमा आगो लगाएका हुन् ।
उनको शरीरको ५० प्रतिशत भन्दा बढी भाग जलेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ । कोशी अंचलमा उपचार हुन नसकेपछि उनलाई अन्यत्र पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
इमेज खबरबाट साभार
Loading...