Latest News

काठमाण्डुमा साम्प्रदायिक हिंसा भड्काएर रक्तपात मच्चाउने यस्तो छ प्लान ; सबैले एकचोटी पढ्नैपनै

काठमाण्डु,  मंसिर– यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्मरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालमा अबका केही महिना अझ ठूला संकट झेल्नुपर्नेछ ।
रोचक संयोग त के छ भने यो सबै डिजाइनका पछाडि धेरै खाले स्वार्थहरू गाँसिएका छन् । यी स्वार्थ पूरा गर्नका लागि नेपालको राजधानी काठमाण्डुमा कम्तीमा एक दर्जन मान्छेको ज्यान जाने गरी साम्प्रादायिक हिंसा चर्काउने भित्री खेल भइरहेको स्रोतको दाबी छ । उच्च स्रोतहरूका अनुसार, काठमाण्डुमा साम्प्रदायिक दंगा नहुन्जेल मधेशी मोर्चासँग वार्ता सुल्झिने सम्भावना छैन ।
नेपाल इतिहासमै सबैभन्दा ठूलो संकटपूर्ण क्षणबाट गुज्रिरहेको अवस्थामा अबका दिनहरू अझै चुनौतीपूर्ण रहेको प्रमुख नेताहरूले देखिसकेका छन् । तर, जनतामा निराशा र भड्काउ आउन सक्ने भयले अहिले सबै नेताहरू तैँ चुप मैँ चुपको अवस्थामा छन् । एउटा सत्य कुरा चाँही के हो भने, भारतले लगाएको नाकाबन्दी अझै केही महिना हट्नेवाला छैन ।
मधेशी मोर्चासँगको वार्ता मोर्चाले मागेका सबै माग पूरा गरेपनि अहिले आन्दोलन रोकिनेवाला छैन । किन कि मधेश आन्दोलन नेपाललाई भुटानीकरण गर्ने भारतको अन्तिम प्रयत्न हो । यो प्रयत्न सफल बनाउन प्रमुख तीन दल र तत्कालीन संविधानसभाले सहयोगी भूमिका नखेलेका कारण रुष्ट भएको भारतले शुरुमा मधेशी र पछिल्लो समयमा असन्तुष्ट आदिवासी जनजाति तथा बाबुराम समूहलाई समेत नेपाल विरुद्ध प्रयोग गर्न खोजेको छ ।
–साँघु साप्ताहिकबाट
Loading...