Latest News

सुरक्षाकर्मीको कारवाहीमा १३ जना मारिए !!!

बग्दाद, ८ मंसिर-इराकको अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा आइएसका कम्तीमा पनि १३ जना लडाकू मारिएको समाचार छ ।
आइएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गरेका थिए । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले सोमबार रातिबाट सो कारबाही गरेका समाचारमा जनाइएको छ ।
मङ्गलबार प्राप्त समाचारमा इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् ।
स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो समाचारमा जनाइएको छ ।
रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।
सो बमबारीमा परी कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।
त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ । तर पनि ती लडाकूको बारेमा भने के कति सङ्ख्यामा छन् भन्ने केही बताइएको छैन ।
त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ । रासस/एएफपी
Loading...