Latest News

भारतीय मिडियामा "भारतबिना नेपालले सांस फेर्न पनि सक्दैन" भन्ने राजेन्द्र महतोलाई सरकारको जवाफ खोई ???

मधेस आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले भारतको एक चर्चित पत्रिकालाई विवादास्पद अभिव्यक्ति दिएका छन् ।
सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोले भारतीय पत्रिका दैनिक जागरणलाई ‘भारतविना नेपालले सांस फेर्न पनि सक्दैन्’ भनेका छन् ।
हालैको एक नेपाली पत्रिकाको अन्तर्वार्तामा आफूसँग नेपालको जन्मसिद्ध नागरिकता र आफू नेपालकै धर्ती पुत्र भएको दाबी गरेका महतोले भारतीय पत्रिकाको प्रश्नमा भने नेपाल भारतकै ‘अधिन’मा रहेको जस्तो सन्देश दिने अभिव्यक्ति दिएका हुन् ।
भारतीय पत्रिका दैनिक जागरणमा लेखिएको छ- ‘मधेसमा अलग राज्यका लागि वारपारको लडाईं हुनेछ । र अहिलेको सरकारले मधेसी जनतामाथि सौतेली व्यवहार गरेको छ ।’ महतोले मधेस आन्दोलनमा भारतको सहयोग अझै नपुगेको समेत बताएका छन् ।Rajendra-Mahato
Loading...