Loading...
कालीकोट, ३ मङ्सिर । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा युगौंदेखि पछि परेका कर्णालीलगायत उत्पीडित क्षेत्रका समुदायका लागि विशेष प्राथामिकता दिइएको बताउनुभएको छ ।
नेकपा (एमाले) कालीकोटले आज मान्ममा आयोजना गरेको सभालाई सम्बोधान गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न नदिन देश तथा विदेशका शक्ति लागिपरेको भए पनि नेपालीले स्वतन्त्रपूर्वक संविधान जारी गरेकोे बताउदै संविधानको संस्थागत विकासका लागि जोड दिनुपर्ने धारणा राख्नु भयो ।
मधेसको आन्दोलन जनताको पक्षमा नभई जनतालाई धोका दिने कामबाहेक अरु केही नभएको बताउँदै नेता नेपालले अब मधेसको आन्दोलन छिट्टै समाधान हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो- ‘मधेस आन्दोलन धोका हो भन्ने जनताले बुझिसकेका छन्, अब प्रतिकार सुरु हुन्छ ।’
भारतले लगाएको नाकाबन्दीको विश्वभर चर्काे विरोध भएको र भारत आफैं लाचार हुन थालेको भन्दै उहाँले छिट्टै नाकाबन्दी खुल्ने बताउनु भयो । रासस
Loading...
Social Buttons