Loading...
पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणमा लागेका बाबुराम भट्टराई पक्षधर नेताहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) खतरानाक राजनीतिक खेलाडी भएको आरोप लगाएका छन् । साथै उनीहरुले प्रचण्डलाई ‘राजनीतिक म्याच फिक्सर’ भएको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा बिहीबार एक कार्यक्रम गर्दै बाबुराम पक्षधर नेताहरुले प्रचण्डका विरुद्ध आरोपै आरोप लगाए ।
कार्यक्रममा एमालेबाट एमाओवादी छिरेर फेरि बाबुरामतिर लागेका मधेशी नेता रामचन्द्र झा सबैभन्दा बढी प्रचण्डका विरोधी देखिए । कार्यक्रममा प्रमुख अतिथि बनाइएका झाले प्रचण्डकै कारण देशको यो हविगत भएको आरोप लगाए । प्रचण्डले राजनीतिक म्याच फिक्सिङ गरेर पार्टीलाई दोस्रो संविधानसभाको निर्वाचनमा नराम्रोसँग डुबाएको आरोप पनि झाले लगाए । नेता झाले भने, ‘उनी राजनीतिका म्याच फिक्सर हुन् । जसरी अहिले हाम्रा केहि फुटबल खेलाडी म्याच फिक्सिङ गरेर देशको नाम बदनाम गरे । प्रचण्डले पनि राजनीतिका साथै पार्टीको नाम बदनाम गरेर जनतालाई धोका दिएका छन् ।’
पहिलो संविधानसभादेखि नै प्रचण्डले म्याच फिक्सिङ गरेको उनको अरोप थियो । दोस्रो संविधानसभामा पनि प्रचण्डले म्याच फिक्सिङ नै गरे र आफ्नो पार्टीलाई डुबाए र जनतालाई रुवाए’ पूर्व एमावोदी नेता झाले भने । पहिलो संविधानसभामा एमाओवादीसँग सबैभन्दा ठूलो दल थियो । त्यस बेला ४ सय २२ जनाको हस्ताक्षर गरेर प्रचण्डलाई दिएको भन्दै उनले भने( म्याच फिक्सिङ गरिसकेकाले कुनै प्रतिकृया नै नदिई संसद विघटन गराउन भूमिका खेल्नुभयो ।’ पार्टीका केही नेतालाई ‘बिषको पुरिया’ को संज्ञा दिँदै उनले दोस्रो संविधानसभाको निर्वाचनमा त्यस्ता नेताहरुलाई जनताले पराजित गरेको र धेरै नेता भने प्रचण्डको राजनीतिक फिक्सिङकै कारण पराजित भएको सुनाए ।
Loading...
Social Buttons