Latest News

उपेन्द्र यादवको गृह जिल्लामा मधेसी मोर्चालाई ‘नो इन्ट्री’

काठमाण्डु, ११ मंसिर– मधेसी नेता उपेन्द्र यादवको गृह जिल्ला सुनसरीको प्रमुख केन्द्र इटहरीमा मधेसी मोर्चाका कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ । शुक्रबार इटहरीमा हुन लागेको मधेसी मोर्चाको आम सभालाई विथोलेका स्थानीयवासीन्दा तथा विद्यार्थी संगठनहरले अब मोर्चाका कार्यकर्तालाई कुनै पनि बन्द हड्ताल जस्ता कार्यक्रमको बाहानामा इटहरी प्रवेश गर्न नदिने बताएका हुन् ।
Ithari manch aagjani
सयौँको संख्यामा उपस्थित भएर मधेसी मोर्चाले जिउँदै मानिस जलाउने जस्ता अमानवीय क्रियाकलाप गरेको विरोधमा उत्रिएका उनीहरुले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताले सम्बोधन गर्न इटहरीमा बनाइएको मंच जलाएका थिए ।
मंच जलाएर बन्दको विरोध तथा बन्द विरोधि आन्दोलन हुन थालेपछि इटहरी आउने भनिएका मोर्चाका नेताहरु इटहरी आउन सकेनन् । मंच जलाएपछि आक्रोशित स्थानीयले भारतीय नाकाबन्दी तथा मधेसीको बन्दको विरोधमा नाराबाजी गरेका थिए ।
सो अवसरमा बन्दका क्रममा मोर्चाका कार्यकर्ताले एम्बुलेन्समा तोडफोड गर्ने, जलाउने, मानिसलाई जिउँदै जलाउन खोज्ने जस्ता अमानवीय क्रियाकलाप गरेको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । उनीहरुले आउने दिनमा इटहरीमा मोर्चाका नेता तथा कार्यकर्तालाई बन्दको कुनै पनि गतिबिधी गर्न नदिने बताएका थिए ।
चुरे भावर पार्टीले मधेसमा जारी आन्दोलनले झापा, मोरङ र सुनसरी टुक्राउन खाजेको भन्दै त्यसको विरोधमा प्रतिकारमा उत्रिएको छ । मधेस आन्दोलनले सय दिन नाघिसक्दा मधेस समस्यामा सरकार गम्भीर नभएको भन्दै मधेसी नेताले आन्दोलनलाई अझ कडा पार्ने बताइरहेका बेला मधेसमा यसको प्रतिकार पनि सुरु भएको छ ।
Loading...