Latest News

ऋषि धमलाले ब्रा पैन्टीको पसल खोलेपछि

ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौं भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ । ‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्यो,’ धमला कराए तर कसैले टेरेनछन् । रिपोर्टिङ त गर्नैपर्यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले स् ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्,’ यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।
…………………..
धमला र उनका केही साथी मिलेर राति रक्सी पिउने कार्यक्रम बनाएछन् । धमलाले साथीहरूलाई भनेछन् स् केटा हो, म मेरो घरबाट खसी चोरेर ल्याउँछु, काटेर रक्सीसित खान । तिमीहरू अलि–अलि तान्दै गर । यति भनेर उनी खसी चोर्न आफ्नो घर गएछन् । त्यसपछि धमलाले साथीहरूसित रातभरि रक्सी र मासुको भव्य पार्टी गरेछन् । बिहानीपख रक्सी मासु पनि सबै सकियो । पार्टी पनि क्लोज भयो । सबै जना आ–आफ्नो घरतिर लागे । धमला पनि घर आए तर आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घरमै घाममा बसेर उग्राइरहेको रहेछ । हत्त न पत्त भित्र छिरेर स्वास्नीसँग सोधेछन् ।
धमला : यो खसी कहाँबाट आयो यहाँ रु
धमली: खसीको कुरा छोड, मलाई यो भन, हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रातभरि कहाँ गएका थियौ रु
………………
ऋषि धमलाले अंग्रेजी टेलिभिजन च्यानलमा जागिर खाने भएछन् । स्वभाविक रूपमा जागिरको आवेदन फर्म अंग्रेजीमा थियो । धमलाले फर्म त भरेछन् तर एक ठाउँमा जोडीएक साइन अर्थात् राशी के हो ?  लेखिएको रहेछ तर धमलाले के लेख्ने भनेर थाहा पाएनछन् । धमलाले सँगै फर्म भरिरहेको मान्छेले लेखेको हेरेछन् । त्यो मान्छेले उक्त ठाउँमा क्यान्सर लेखेको रहेछ । त्यसपछि ऋषि धमलाले आफ्नो फर्ममा पायल्स लेखेर आएछन् ।
………………
हस्पिटलमा डाक्टर, ऋषि धमलासँग
डाक्टर स् हेर्नुस्, तपाईंको एउटा किड्नी फेल भएको छ ।
धमला त्यो कुरा सुन्नेबित्तिकै डाँको छोडेर रुन थाले, अनि केही बेरपछि डाक्टरसँग रुन्चे पाराले भने स् ठीकै छ डाक्टर सा’ब, जे हुनु भयो, तर यो भन्नु कि, जम्मा कति मार्क नपुगेर फेल भएछ रु
………………
ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौं भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ ।
‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्यो,’ धमला कराए तर कसैले टेरेनछन् ।
रिपोर्टिङ त गर्नैपर्यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले स् ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्,’ यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।
………………
एउटा चित्र प्रदर्शनीमा चित्र हेर्दै धमलाले गाइडसँग सोधे ।
धमला स् छिस्, यस्तो पनि मोडर्न आर्ट हुन्छ, बाँदरजस्तो ।
गाइड स् धमलाजी, यो आर्ट होइन, ऐना हो ।
………………
धमलाले फेन्सी पसल खोलेछन्, उद्घाटनकै दिन एक महिला आइन र भनिन् स् दाइ, मलाई पेन्टी देखाउनु न ।
ऋषिले अलिक लाज मान्दै भनें– आज त लगाएकै छैन, बहिनी ।
कान्तिपुर साप्ताहिकबाट ।।।
Loading...