Latest News

अतिनै रोचक ; आफूलाई केटा सोच्नेबित्तिके आँखाको ज्योती फर्किने अनौठो बिमारी

bitti girlलण्डन, एजेन्सी । संसारका कतिपय अनौठा बिमारीहरुका बारेमा सुन्दा अचमम लाग्छ । यस्तै एउटा बिमारीले संसारभरीको चिकित्सकहरुलालाई फेरी अचम्भित पारेको छ ।
जर्मनीकी एकजना ३७ वर्षीय महिलाको बिमारी यतिखेर चर्चाको विषय बनेको हो । एउटा दुर्घटनापछि यी महिला एक दशकदेखि दृष्टिविहिन छिन् ।

यी महिला एएटा अनौठो बिमारीबाट पीडित छिन् । त्य हो पर्सनालिटिी डिसअर्डर । कतिपय बेला उनले आफैलाई बिर्सिन्छन् । कहिले केटा सोच्छिन् भने कहिले बुढी महिला भएको ठान्छिन् ।
अचम्मको कुरा त के छ भने आफू केटा भएको सोच्नेबित्तिकै उनको आँखाको ज्यातेी फर्किन्छ । तर एकछिन पछि आफू ३७ वर्षय बिट्टी भएको सोच्न थाल्छे, उनका आँखा अगाडि अँध्यारो छाउँछ ।
साइक नामक जर्नलमा यी महिलाको बारेमो बिस्तारपूर्वक चर्चा गरिएको छ ।
प्रकाशित लेख अनुसार, बिट्टीले आफ्नो पहिचान बिर्सिने मात्रै नभएर दश अन्य प्रकारका यस्तै भ्रममा हराउने गर्छिन् । यी हरेक पहिचानको उमेर, लिंग, स्व्भाव र बानीव्यहोरा फरक छन् । चिकित्सकहरुका अनुसार, उनीहरुलाई शुरुमा बिट्टीको दृष्टिहिनताको सम्बन्ध उनको मष्तिष्कसँग रहेको लागेपनि यो पछि अनुसन्धान गर्दै जाँदा यो सबै मनोवैज्ञानिक कारणबाट भएको थाहा भयो ।
चार वर्षको साइकोथेरापी गरिएपछि एकदिन चमत्कार भएको चिकित्सकहरु बताउँछन् । थेरापी चलिरहेको बेला बिट्ीलाई पत्रिकाको कभर पेजमा लेखिएको एउटा शब्द देखिन थाल्यो । तर पछि थाहा भयो, उनले त्यतिखेर आफूलाई केटा नै भएको सोचिरहेकी थिइन । इसिजी टेष्टबाट अलग अलग पहिचान हुँदा मष्तिष्कसम्म जाने इलेक्ट्रिक रेस्पोन्स फरक फरक ढंगले काम गरिरहेको थाहा भयो ।
Loading...