Latest News

भारतीय सवारी साधनलाई निसाना बनाउँदै देख्यो कि आगजनी र तोडफोड शुरु

फाइल तस्बिरकाठमाण्डु, १३ मंसिर– विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यलयको अगाडि भारतीय नम्बरको गाडीमा आगजनी गरिएको छ । डब्लुबी २५ बी ९६०२ नम्बरको कार्यालय अगाडि पार्किङमा राखिएको गाडीमा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेका हुन् । आगजनीबाट गाडीमा सामान्य क्षति पुगेको छ ।

भारतीय जिप तोडफोड, पाँच पक्राउ
नेकपा माओवादीले कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नंको जिप तोडफोड गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नंको भारतीय जिप माओवादीका कार्यकर्ताले यहाँस्थित विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन् । प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पुर्याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीलाई तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ ।
असुरक्षाको कारण देखाउँदै प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाएको छ । प्रहरीले बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ ।
माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको बताइएको छ ।
यसअघि पनि बुटबलमा भारतीय गाडीमा आगजनी गरिएको थियो ।
Loading...