Latest News

फेसबुक कम्पनीमा पुरुषलाई सुत्केरी विदा ४ महिना, ४ लाख रुपैयाँ बोनस पनि

facebookन्यूयोर्क, सुत्केरी भएको अवस्थामा विदा नपाउने समस्याले संसारभरीका महिला र पुरुषहरु पीडित बनेका छन् । नेपालमा पनि पुरुषलाई १५ दिन मात्रै विदा दिइन्छ । जबकि सुत्केरी अवस्थामा पुरुषको भूमिका झनै महत्वपूर्ण रहेको हुन्छ ।
यो अवस्थामा फेसबुकका संस्थापक तथा कार्यकारी अधिकृत माक जकरबर्गले भने आफ्नो कम्पनीमा काम गर्ने पूर्णकालिन कर्मचारीहरुका लागि एकदमै नयाँ प्याकेजको घोषणा गरेका छन् । पितृत्व अवकाश सुविधा अन्तर्गत र्माक जुकरबर्गले कर्मचारीहरुलाई चार महिना विदा दिने घोषणा गरेका हुन । महिलाहरुका लागि भने यसअघि नै चार महिना विदा दिने नियम रही आएको थियो ।
आफै पनि बुवा बन्न लागेको जुकरबर्गले ४ महिना विदा दिनुका साथै कर्मचारीहरुलाई पितृत्व बोनसको समेत घोषणा गरेका छन् । एक जनवरीदेखि लागु हुने यो नियम अनुसार, कर्मचारीहरुलाई ४ हजार डलर बोनस दिइने छ । समलिंगी जोडीहरुलाई समेत दुबैलाई चार महिनाको अवकास पाइने छ । यो योजना फेसबुकका अमेरिका र बाहिर रहेर काम गर्ने सबै कर्मचारीलाई  लागु हुने बताइन्छ ।
Loading...