Loading...
भक्तपुर, २६ असोज । पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले जतिसुकै लामो नाकाबन्दी गरे पनि नेपाल र नेपालीलाई कुनै हालतमा झुकाउन नसक्ने बताउनुभएको छ ।
आज भक्तपुर नगरपालिका–११ भेलुखेलमा अमेरिकन, क्यानेडियन र फ्रान्सका नागरिकले भूकम्पपीडितका लागि बनाइदिएको ११ वटा अस्थायी आवास गृह तथा एउटा विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले नेपाल कसैसँग नझुक्ने उल्लेख गर्नु भयो ।
खनालले भन्नुभयो– “भारतले अब बुझे हुन्छ, हामी राष्ट्रियता, स्वाभिमान, सार्वभौमिकतामा कोहीसँग झुक्दैनाँै, नेपाल र नेपाली कोहीसँग पनि कहिले पनि झुक्दैनन, बरु जस्तोसुकै कठिनाइ भोग्न तयार छन् ।”
कार्यक्रममा सभासद् केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य सोम मिश्रलगायतले सरकारले जनताको भावनालाई बुझेर नयाँ परिवर्तन गर्नुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा भूकम्पपीडित ११ परिवारलाई अस्थायी टहरा हस्तान्तरण गर्नुका साथै अस्थायी टहरा निर्माण गरिदिने विदेशी नागरिकलाई अभिनन्दन गरिएको थियो । रासस
Loading...
Social Buttons