Loading...
काबुल, २६ असोज– अफगानिस्तानमा तालिवान आतंककारीलाई लक्ष्यगरी गत सोमबारबाट सुरु भएको सैनिक कारबाहीमा परी एक सय ८६ जना तालिवानको ज्यान गएको समाचार छ ।
यस कारबाही अन्तर्गत भएका हवाई आक्रमण र सुरक्षाबलबीच भएको झडपको क्रममा करिब एक सय ८६ जना तालिवान आतङ्ककारी मारिएका छन् ।
सो कारबाहीका क्रममा अफगान सेनाका १० अधिकारीले पनि ज्यान गुमाएका बताइएको छ ।अफगान गृह मन्त्रालयले मङ्गलबार विहान सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र आतङ्ककारी लक्षित देशका विभिन्न इलाकामा भएका हवाई आक्रमण र आतङ्ककारी र सुरक्षाबलबीच भएको झडपमा ती आतङ्ककारी मारिनुको साथै अन्य ५८ जना घाइते भएका छन् ।
उक्त कारबाहीमा अन्य आठ आतङ्ककारी पक्राउ परेका अफगान गृह मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यसै क्रममा सोही अवधिमा भएका छुट्टाछुट्टै आतङ्ककारी आक्रमणमा १० सैनिकले समेत ज्यान गुमाएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको नानगार्हार, कापिसा, गजनी, जाबुल कान्दाहार उरुजगान, तखार बादख्सान कुन्दुज बाघलान र हेमाण्ड प्रान्तमा सो सैनिक कारबाही भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
तालिवान आतङ्ककारी समूह यस आक्रमणको हालसम्म कुनै टिप्पणी गरेका छैनन् । केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई प्राप्त भएको यो ठूलो सफलता भएको पनि अधिकारीहरूले बताएका छन् ।
यद्यपि तालिवान आतङ्ककारी, समूहले गरेका विभिन्न आतङ्ककारी आक्रमणमा परी यस वर्षको सुरुदेखि हालसम्म सयौ व्यक्तिको ज्यान गइसककेको छ ।
ती व्यक्तिहरुमा सर्वसाधारण, सुरक्षा अधिकारीहरु र स्वयम् आतङ्ककारी रहेका छन् ।
अफगानिस्तानको नेटो सैनिकले ‘अफगान वार’ सकिएको घोषणा गर्दै गत डिसेम्बरको अन्त्यमा प्रायः सैनिक फर्किसकेपछि अफगान सुरक्षाबलमा आफगानिस्तानको सुरक्षाका सम्पूर्ण जिम्मा आएको छ ।
अफगानिस्तानमा बाँकी रहेका करिब १३ हजार नेटो सैनिकले अफगान सुरक्षाबललाई तालिम र तालिवानसँगको युद्धमा सरसल्लाह दिने गरेका छन् । रासस÷सिन्ह्वा
Loading...
Social Buttons