Loading...
बाग्लुङ, । बाग्लुङको हुग्दिशिरस्थित २० वर्षीय इन्द्रबहादुर पुनले विहे गर्न अस्वीकार गरेको भन्दै आफ्नै प्रेमिका तारा श्रीषको हत्या गरेको पुष्टि भएको छ ।
पुनले विहेको प्रस्ताव गर्दा २७ वर्षीया प्रेमिका ताराले विहे गर्न नमानेपछि गोप्य रुपमा हत्या गरी गाउँकै झाडीमा फालेका थिए ।
एक साताअघिको यो घटनालाई प्रहरीले अनुसन्धान गरी पत्ता लगाएको बताएको छ । प्रहरीका अनुसार पुनले श्रीषको हत्या गरी बिभत्स अवस्थामा झाडीमा फालेका थिए ।
स्थानीय सर्वोदय उच्च माविमा शिक्षिका समेत रहेकी २७ श्रीष हुग्दिशिरस्थित डेराबाट गायव भएपछि प्रहरीले अनुसन्धान गरेको बताएको छ ।
फोनमा कल डिटेल्सा आधारमा इलाका प्रहरी पार्यालयले पुनलाई शंका गरी अनुशन्धान थालेको थियो ।
पुन आफैंले विवाह अस्वीकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।
Loading...
Social Buttons