Loading...
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
नेपालको ३८ औँ प्रधानमन्त्रीका रुपमा ओली निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएको केहीबेरमै भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटरबाट नेपालका नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको हो ।
लामो समयदेखि नाकाबन्दी भइरहेका बेला र ओलीलाई सत्तामा पुग्न रोक्न भारतले पनि प्रयास गरिरहेको भनिरहेका बेला प्रधानमन्त्रीमा विजयी भएको केही घण्टामै भारतीय सत्तापक्ष नरम देखिएको हो । ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएर भारत–नेपाल सम्बन्ध सुधारको संकेत देखिएको छ भने भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी खुला भएर नेपाली जनजीवन सामान्य बन्न यसले संकेत गर्ने सम्भावना छ ।
Loading...
Social Buttons