Latest News

विविधा भण्डारीले भनिन्, ‘सरिता गिरी दरिद्र सोच भएकी नारी हुन्’(भिडियोसहित)

49846743dda988b75e5c08c479f0f404काठमाण्डु, ३० असोज– नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले सरिता गिरी दरिद्र सोच भएकी नारी भएको बताएकी छिन् । पत्रकार नारायण पौडेलको टेलिभिजन कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै उनले आफूलाई नारी अधिकार विरोधी भन्ने गिरीको सोचमा टिप्पणी गर्नु पनि बेकार रहेको उल्लेख गरिन् । भण्डारीले भनिन्, ‘ उहाँको सोचको दरिद्रता देखेर मलाई उहाँप्रति दया लाग्छ ।’ राष्ट्रपति पद र आफ्नो बिचार तुलना गरेर व्याख्या गर्नु बेकार रहेको भण्डारीले बताएकी छिन् । नागरिकतासम्बन्धी व्यवस्था हरेक मुलुकले आफ्नो हितअनुसार गर्ने हुँदा त्यसैको आधारमा कसैलाई नारी विरोधी भन्न नसकिने उनले उल्लेख गरिन् । कसलाई अंगिकृत नागरिकता दिने, कसलाई नदिने भन्ने कुरा मुलुकले आफ्नो हितअनुसार व्यवस्था गर्ने भएकोले जो कोहीले नागरिकता लिन नपाउने उनले बताइन् । नेपाल सानो मुलुक र विभिन्न अवस्थाका कारण मरभूमि जस्तो ठानेर नेपाली नागरिकता कसैले पनि नपाउने भण्डारीले स्पष्ट पारिन् ।


Loading...