Latest News

निन्द्रा भंग गरेको भन्दै एक महिलाले बालकको शरिरका महत्वपूर्ण अंगहरु काटेपछि !!!

चीनकी एक महिलाले आफ्नो निन्द्रा भंग गरेको भन्दै एक बालकको औला लगायत अन्य अंगहरु काटिदिएकी छिन् । उनको स्वाभावलाई गम्भीर स्वास्थ्य समस्यासँग जोडिएको छ । लिउ नाम गरेकी ती महिला सिजोफ्रेनियाबाट गस्रित भएको बताइन्छ । सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो,जसमा बिरामी भ्रम र कल्पनामा मात्र बाँच्ने गर्छ । ती महिला साङदोङ गाउँको आफ्नो भतिजाको घरमा सुतिरहेकै बेला एक छिमेकीको बच्चा उनको कोठामा पुग्दा सो घटना भएको थियो ।
सिआओमिङ नाम गरेका बच्चाको आवाजबाट आक्रोशित भएकी ती महिलाले बच्चालाई कोठाबाट बाहिर निकालेर ढोका लगाइन् । त्यपछि फेरी ती बालक पुन कोठाभित्र छिरेर खेल्न थाले । बालकले फेरि हल्ला गरेपछि लिउ निकै आक्रोशित भई किचनमा प्रयोग हुने चक्कु र कैची निकालेर सो बालकका औला, टाउको, अनुहार, लिंग र शरिरका अन्य महत्वपूर्ण अंग काटिदिइन् ।
घटनापछि भागेकी उनलाई प्रहरीले उनको गाउँबाट पक्राउ गरेको पिपुल्स डेलीले जनाएको छ । जिआओमिङका छिमेकीले भने, ‘हामीले महिलालाई चिन्दैनौं । तर, बच्चाका हजुरबाबा र हजुरआमाको कसैसँग रिसइबी छैनन् ।
महिलामा सिजोफ्रेनियाको समस्या भएको महिलाका आफन्त जनहरुले जनाएका छन् । पिडितका बाबु झोउका अनुसार बालकका अधिकांश औलाहरु गिडिएका छन् । उनको लिंग पनि पूर्ण रुपमा काटिएको छ । चिन्ताजनक अवस्थामा रहेका जिआओमिङ लाई चीनको एक अस्पतालमा उपचार गरिएको छ । उनको लिंग र औलालाई पुनः जोड्न नसकिएको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच बच्चालाई आक्रमण गर्ने महिलालाई १० वर्ष जेल सजाय तोक्नुपर्ने बेइजिङका वकिल हान सिअओले बताए ।
के हो सिजोफ्रेनिया रोग ?
सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो । जसका कारण लाखौ मानिस प्रभावित छन् । सिजोफ्रिेनिया भएका मानिसहरुको सोच विग्रेको हुन्छ । उनीहरु जीवनभर भ्रममा बाँचेका छन् । रोगिले जहिले पनि आफ्ना बारेमा अरुले के सोचेका होलान् भनेर कल्पनामा मात्र बाच्ने गर्छन् । डिप्रेसनमा पूर्ण रुपमा नकरात्मक सोच आए जस्तै सिजोफ्रेनियाका रोगी जहिले पनि पूर्ण रुपमा भ्रममा रहन्छन् । रिस उठेपछि उनीहरुले नियन्त्रण गर्न सक्दैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २ रकोड ४० लाख मानिस यो रोगको शिकार भएका छन् । सिजोफ्रेनियाको कुनै एउटा कारण छैन । वातावरणीय र वंशानुगत कारणले पनि यो रोग लाग्छ । त्यसबाहेक स्नायु गडबढीले पनि यो रोग लाग्छ । पुरुषहरुमा १० देखि २५ वर्षको उमेरमा देखिन्छ भने महिलामा २५देदि ३५ वर्षमा यो रोगको लक्षण देखिन्छ ।
सिजोफ्रेनियाका लक्षण
भ्रम र गलत सोच
अवास्तविक घटना वा कल्पनाका कारण वास्तविकतालाई छुट्याउन नसक्नु ।
अनियमित र परिवर्तित स्वभाव
भावनाहरुलाई नियन्त्रण गर्न नसक्नु
स्पष्टसँग सोच्न नसक्नु
बोल्दाखेरी समस्या हुनु
अरुले आफूलाई विर्गाछन् भन्ने मात्र सोच हुनु

सिजोफ्रेनियाको रोगको खासै समाधान छैन । बिरामीको मानसिक अवस्थाको परीक्षण वा वृहत् क्लिनिकल परीक्षणका आधारमा यो रोगको उपचार गरिन्छ । सिजोफ्रेनियाका बिरामीलाई औषधी खुवाएर पूर्ण रुपमा निको पार्न सकिदैन तर परमार्श लगायतका मनोवैज्ञानिक विधिद्वारा यस रोगबाट केही हदसम्म मुक्ति पाउन सकिन्छ ।
- एजेन्सी/स्वास्थ्यखबरबाट
Loading...