Latest News

मधेस र पहाडको दूरी कम गर्न बाबुरामले ल्याए यस्तो योजना

विराटनगर, ३० असोज-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेसरपहाडको दूरी कम गर्न र विकासको गतिमा मुलुकलाई डो¥याउनका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले पुराना शक्ति अपारदर्शी, भ्रष्टाचारमा लिप्तरहेको आरोप लगाउँदै राजनीतिक पारदर्शीता र नयाँ मूल्य मान्यताका साथ नयाँ शक्तिको निर्माणमा लागेको स्पष्ट पारे ।
अधोषित नाकाबन्दीले जनतालाई कष्ट भइरहेको उल्लेख गर्दै नाकाबन्दी तुरुन्त खोल्नुपर्ने धारणा राख्दै उनले दुवै देशले कूटनीतिक प्रयास गरी वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिए ।
उनले मधेस–पहाडमा देखिएका असन्तुष्टिलाई समाधान गर्न ढिलाइ गर्नु नहुने विषयमा जोड दिए ।
उनले एमाओवादी पार्टी छोडेपछि आफूले राजनीतिबाट सन्यास नलिएको स्पष्ट पार्दै नेता भट्टराईले नयाँ सोचका साथ दुवै छिमेकी मुलुकसँग सोहार्दपूर्ण सम्बन्धको विकास गर्ने बताए ।
Loading...