Latest News

यस्ता छन् सरकारमा समर्थन जनाउन एमाओवादीका आठ सर्त !!!

maoist flagकाठमाण्डु, २२ असोज– एकीकृत माओवादीले भावी सरकार गठन गर्नुअघि आफ्नो समर्थन पाउनेल विभिन्न आठ वटा सर्त अघि सारेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले ती सर्त तयार पारेको हो ।
बैठकले दलहरुबीचको पूर्वसहमतिका आधारमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ ।
यद्यपि काँग्रेस र एमालेबीच सहमति भए आफू जसको नेतृत्वमा सरकार बनाउन पनि तयार रहेको उसको प्रष्टोक्ति छ ।
राष्ट्रिय सहमतिको सरकार आजको राष्ट्रिय आवश्यकता भन्दै उसले औपचारिक रुपमा बहुमतीय प्रक्रियामा प्रवेश गरेको भए पनि सबै प्रमुख पार्टीको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ ।
संविधान निर्माण प्रक्रियमा निर्णायक भूमिका खेलेका प्रमुख पार्टी र संविधान निर्माणको अन्तिम प्रक्रियामा असहमत भएका पार्टीहरुलाई पनि सामेल गर्ने प्रयत्न गनुपर्ने माग माओवादीको छ ।
१ राष्ट्रिय स्वाधिनताको रक्षा र वैदेशिक हस्तक्षेपको विरुद्धमा दृढ रहने ।
२ मधेस केन्द्रित पार्टीहरुको नेतृत्वमा जारी मधेस आन्दोलन, थरुहट/थारुवान आन्दोलन र आफ्ना माग विभिन्न ढंगले उठाएर अघि बढेका आदिवासी जनजातिलगायत उत्पीडित समुदायका मुद्धालाई अधिकतम राजनीतिक ढंगले वार्तामार्फत राजनीतिक समाधान गर्ने ।
(क) राज्यका सबै निकाय तथा अंगमा समावेशी÷समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिनुपर्ने ।
(ख) थारु आन्दोलनका माग सम्बोधन गर्न अहिलेका प्रदेशको सिमांकनलाई हेरफेर गर्न तयार हुनुपर्छ । नवलपरासीदेखि कैलालीको पूर्वी भागसम्मका जिल्लालाई मिलाएर एउटा प्रदेश र मगरातका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा समेट्ने । झापा, मोरङ र सुनसरीको हकमा आयोगलाई जिम्मा दिने ।
(ग) निर्वाचन क्षेत्र निर्धारणका बारेमा भौगोलिक क्षेत्रको प्रतिनिधित्व नछुट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्वाचन निर्धारण गर्ने ।
३. भूकम्पले निम्त्याएको राष्ट्रिय विपत्ति सामना गर्न पुनःनिर्माण, नवनिर्माणको कार्यलाई व्यवस्थित रुपमा अघि बढाउने ।
४. मजदुर, किसान, दलित, महिला, मधेसी, मुस्लिम, आदिवासी जनजाति र सिमान्तकृत समुदायको  हकहितका मुद्धालाई सकारात्मक रुपमा लिने र सम्बोधन नगर्दै जाने ।
५. संविधानका उपलब्धीको रक्षा र कार्यान्वनमा ध्यान केन्द्रित गर्ने । राष्ट्रको समृद्धिलाई केन्द्रबिन्दुमा राखेर भ्रष्टाचार नियन्त्रण, जनजिवीकाका अत्यावश्यक वस्तुहरुको आपूर्ति र सुशासनमा जोड दिने ।
६. जनताको शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र दमन गर्न नपाइने ।
७. शान्ति प्रक्रियाको बाँकी काम सक्ने । सत्य, निरुपण र बेपत्ता आयोगका काम विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढाउन प्रतिबद्ध हुने ।
८. भारतद्वारा लगाइएको नाकाबन्दी समेतको सन्दर्भलाई ध्यान दिँदै तात्कालिन रुपमा अत्यावश्यक बस्तुहरुको परिपूर्ति गर्ने र दीर्घकालिक रुपमा राष्ट्र आफ्नै खुट्टामा उभिने गरी आत्मनिर्भर बनाउनका लागि ठोस पहलकदमी अगाडि बढाउने ।
Loading...