Loading...
ललितपूर, २२ असोज ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर नुतन शर्माले काण्ड पछि काण्ड गरिरहदा समेत अस्पताल प्रशासन देखि प्रहरी र पत्रकार समेत उनको पक्षपोषणमा खुलेर लागेका छन ।
गर्भमै भ्रुणको लिङग पहिचान गरि गर्भपतन गराएर करौडौ कमाएकी शर्मा र अस्पतालले विहिबार एकजना महिलाको गर्भ सहित मृत्यु भएपछि पनि केही पत्रकारको सहयोगमा घटना ढाकछोप गर्न लागिपरेको पत्ता लागेको छ ।
वैदेशिक रोजगार ब्यवसायी बज्रकिशोर यादवकी श्रीमती बीना यादवको गर्भमा रहेको बच्चाको मृत्यु पछि ईन्फेक्सनका कारण आमाको समेत मृत्यु भएको मेडिकल रिर्पोट दिएकी शर्माले आफु निकट स्वास्थ्य पत्रकारहरुलाई भने लोग्नेस्वास्नीको झगडाका कारण बिरामीको मृत्यु भएको जवाफ भनिरहेकी छन ।
तर आईतबार बिरामी सिकिस्त भएको भन्दै अप्रेसनका लागि अर्को भवनमा सारिएको थियो । विहिबार विहान अचानक बिरामीको मृत्यु भएको जानकारी अस्पतालले दिएपछि यादव छानाबाट खसेजस्ता भएका थिए । श्रीमती र बच्चा गुमाएका यादवलाई अस्पतालले प्रहरीको रवाफ देखाउदै शब लैजान धम्काएपछि उनी न्यायका लागि कहाँ जाने भन्दै अस्पताल प्रशासनमै रोई रहेका थिए ।
अस्पताल प्रशसनले आफुहरुको कुनै लापरवाही नभएको जवाफ दिदै कानुनी उपचारका लागि जहाँ गएपनि हुने गैर जिम्मेबारीपूर्ण जवाफ दिएका छन ।
को हुन नुतन शर्मा ?
भारतको महाराष्ट्र माईत भएकी शर्माको जनकपुर घर हो । यस अघि पनि नेपाल मेडिकल काउन्सीलले शर्मालाई निलम्बन गरेको थियो । कानुन विपरित लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको भन्दै काउन्सीलले उनलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
उनले गर्भपतन गर्न प्रोत्साहन गरेको भिडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । आयोग र केन्द्रले उनलाई निलम्बन गर्न पत्राचार गरेपछि काउन्सीलले यस्तो निर्णय गरेको थियो । सर्वोच्च अदालतबाट एकजना कान्तिपुर एफएमका पत्रकारको सहयोगमा निलम्बन फुकुवा गर्न सफल शर्माले अदालतमा मात्र डेढ करोड खर्च गरेको कानेखुसी उनीबाट पीडित अस्पतालका अन्य चिकित्सकले गर्ने गरेका छन ।
अपराद खबरमा समाचार छ ।
Loading...
Social Buttons