Latest News

महिलाहरुको प्रिय बन्ने तरिका सबैले जानीराखौ र तपाई पनि प्रिय बन्नुहोस ।।।

प्रत्येक मानिसहरु कसरी आफनो व्यक्तित्व स्मार्ट बनाउने कुरामा ध्यान दिइरहेको हुन्छ । त्यस्तै महिलाको नजरमा छाउन र उनीहरुको मन–मस्तिष्कमा डेरा जमाउनका लागि धेरै पुरुषहरु कोसिस गर्ने गर्दछन् । कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुरा सताउने गरेको हुन्छ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाईमा समस्या पनि ल्याउँछ । तर महिलाहरुको प्रिय बन्न केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुरा भने होइन ।
धेरैपटक पुरुषहरु महिलालाई आफूप्रति कसरी प्रभावित गर्ने भन्ने बारे सोचेर हैरान हुने गर्दछन् । महिलालाई खुसी र उनको मन जित्नका  लागि पुरुष मित्रहरुले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।
महिलाको मनपर्ने लिष्टमा सूचिकृत हुनका लागि सर्वप्रथम त तपाईं ‘रियल’ हुन आवश्यक छ । महिलाहरुलाई बनावटी पुरुष अलिकति पनि मनपर्दैन । यदि तपाईं पनि महिलाको प्रिय बन्न चाहनुहुन्छ भने यहाँ दिइएका टिप्स पक्कै पनि तपाईंलाई काम लाग्नेछन् ।
प्रिय बन्नका लागि केही टिप्स :
१. कुनै पनि सम्बन्धलाई कायम गर्नका लागि सबैभन्दा जरुरी छ – समझदारी । तपाईंको सानो गल्तीले पनि महिलाको मन दुख्न सक्छ । आफूमाथि र आफ्नो व्यवहारमा नियन्त्रण राख्नुहोस् । देखावटीको चक्करमा तपाईंले महिलाको मन कहिले पनि जित्न सक्नुहुन्न ।
२. महिलाहरुलाई त्यस्ता पुरुष मनपर्छ जसले अरु व्यक्तिको इज्जत गर्दछ । अरुलाई दुःख दिने र उनीहरुको बेइज्जत गर्ने पुरुषसँगै महिलाहरु कहिले पनि बस्न चाहँदैनन् । त्यसकारण तपाईंले पनि आजैदेखि अरुको इज्जत गर्न सिक्नुहोस् ।
३. महिलालाई खुसी राख्न र उनीहरुको मन जित्नका लागि सुरुमा नै उनलाई हतारिँदै प्रेमको प्रस्ताव नराख्नुहोस् । पहिला उनको व्यवहार र वरिपरिको वातावरण बुझ्नुहोस् ।
४. महिलालाई प्रेम प्रस्ताव राख्नुपूर्व पहिले तपाईं उनको साथी बन्नुहोस् । उनीसँग साथी बनेर आरामले आफ्नो मनको कुरा बताउन सक्नुहुन्छ ।
५. सामान्यरुपमा महिलालाई धेरै बोल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफ्नो पुरुषले कुरा सुनोस् भन्ने महिलाको इच्छा हुन्छ । जतिबेला तपाईं महिलासँग कुराकानी गर्नुहुन्छ तब उनलाई प्रभावित गर्नका लागि कम बोल्नुहोस् र उनलाई बढि बोल्न दिनुहोस् ।
६. तपाईंले आफ्नो सकारात्मक सोचका साथै सेन्स अफ ह्युमर पनि राम्रो बनाउन आवश्यक छ । गम्भीर माहोल र हल्का बनाउने तपाईंको कलाले नै तपाईंलाई महिलाको मुटुमा बास गराउँछ ।
७. महिला धेरैजसो हाँसिरहने र खुल्ला हृदय भएको पुरुषलाई मन पराउने गर्दछन् । यसका साथै पुरुषहरु विश्वास योग्य हुन पनि आवश्यक छ । त्यसकारण महिलाको प्रिय हुनका लागि सबैभन्दा पहिले उनको विश्वास जित्नुहोस् र त्यसलाई कुनै पनि हालतमा कायम राख्नुहोस् । कहिलेकाँहि ठट्टा गर्नुहोस् । तर वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरुको ज्यादै नजिक पुराउँछ । कुरा गर्न सजिलो हुन्छ ।
८. धेरैजसो जोडिको मनपर्ने र मननपर्ने कुराहरु भिन्न हुन्छन् तर यदि तपाईं कसैको साथ चाहनुहुन्छ भने उनको मनपर्ने र मननपर्ने कुराको तालमेल मिलाउन कोसिस गर्नुहोस् । सम्बन्धको सुरुवाती अवस्थामा नै कसैको कुनै कुरा मनपर्दैन भन्नु सट्टा सम्बन्भ स्थापित भइसकेपछि बिस्तारै यस्ता कुराहरुको बारेमा कुरा गर्नु आवश्यक छ ।
९. महिलाको नजरमा आउनको लागि सफा सुग्घरमा विशेष ध्यान राख्नुपर्छ । यदि तपाईं महिलालाई भेट्न जाँदै हुनुहुन्छ भने सफा भएर जानुहोसु, कपाल काट्नुहोस्, दाह्री काट्नुहोस् । यसका साथै पसिनाको दुर्गन्धलाई हटाउनका लागि राम्रो खालको बडि स्प्रे अथवा डियोड्रेन्टको प्रयोग गर्नुहोस् ।
१०.   उनीहरुले तपाईप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाई उनीहरुको नजिकै उभिनु भएको छ भने अप्ठ्यारो महशुस गरेका हुन सक्छन्  । तपाई विचार गर्नुहोस ।
११.  आफना महिला साथिसँग भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै बाल्यकालका सम्झनाहरु, भविष्यका रुचिहरु, इच्छाहरु आदिबारेमा कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् ।
१२.  उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्ने महिलाहरु बढी आकर्षित हुने गर्दछन् । तपाईं महिलाको अगाडि कत्ति पनि नभर्स नहुनुहोस् । अझ कुराकानी गर्न संकोची व्यवहार त पटक्कै नदेखाउनुहोस्
१३. उनीहरुका बारेमा कुरा गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुका बारेमा तपाईले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् ।
१४. महिलाहरुलाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् । प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।
सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाँहि साथीभन्दा माथीको सम्बन्धमा तपाई आफै बाधक बन्नु भएको हुन सक्छ । त्यसैले त्यसबारेमा उनीहरुको धारणा बुझ्नुहोस र आफ्नो धारणा राख्नुहोस ।
Loading...