Loading...
आफूलाई मधेसी नेता मान्ने राजेन्द्र महतो कसको गुलामी गर्छन् र के चाहन्छन् भन्ने धेरै नेपालीले बुझिसकेका छन् । भारतको आडमा बसेर मधेसमा राजनीतिको नाममा भारतको गुलामी गरिरहेका महतो कदामी जननेता हुन सक्दैनन् । किन कि नेता त्यो हो जसले देश र जनताका लागि त्याग र बलिदान गर्न सक्छ । तर, महतो र मधेसी दलका नेता त उल्टै नेपाल र नेपाली मास्ने र दुःख दिने खेलमा लागेका छन् । अचम्म छ अब उनै नेता रे ! भारतले गरेको नाकाबन्दीलाई जोगाउन नाका बन्द हामीले गरेका हौँ भन्ने । भारतको नेपालमा हैकमवाद लाद्ने खेलमा सहयोग गर्ने अनि आफूलाई नेपाली र मधेसको नेता भन्ने राजेन्द्र कुन कोणबाट नेता भए त्यो मैले बुझ्नै सकेको छैन ।
यद्यी महतो साच्चीकै नेता हुन्थे भने भारतले नेपालको विषयमा हस्तक्षेप गर्न खोज्दा, नाकाबन्दी गर्दा त्यसको विरोध गर्थे नकि आगोमा झनै घिउ थपेर, घाउँमा नुन खुर्सानी थोपरेर राष्ट्रवाद र आदर्शका कुरा गर्थे । भारतसँग मिलेर नेपालको संविधान नमान्ने र भारतको हितमा संविधान लेखनका लागि दबाब दिने र बन्द, हड्तालसम्मका कार्यक्रम गर्ने महतो यतिबेला फेल हुँदैछन् । प्लान गरेर नेपालमा हाहाकार फैलाउने र नेपाललाई भारतको खुट्टामा झुक्ने बनाउन खोज्ने महतोको प्लान थियो भन्ने सबै नेपालीले बुझिसकेका छन् । नेपालमा इन्धन लगाएतका उपभोग्य बस्तु आयात हुने प्रमुख भन्सार नाका बन्द गराएर नेपालमा अभाव सिर्जना गराई नेपाललाई भारतसामू झुकाउने भित्री खेल रचिएको थियो । तर, सबै छिमेकी भारतजस्तै बिस्तारवाद र नीज हुादेनन् भन्ने संकेत चीनले दिएपछि यतिबेला महतो छटपटीमा परेका छन् ।
नेपाललाई झुकाउने उकमात्र विकल्प इन्धन आपूर्ती ठप्प पार्ने रहेको महतोले राम्रोसँग बुझेका थिए । त्यसैले उनले भारतसँग मिलेर त्यो चाल चले भन्ने उनको भारत मोह र नोपली र नेपालप्रतिको घृणाले थाहा हुन्छ । भारतीय भूमि प्रयोग गरी नेपालमा आक्रमण गर्ने महतो नेपाली हुनै सकदैनन् र उनले मधेसीका लागि नभएर भारतका लागि मधेस आन्दोलनका नाममा चलखेल गरिरहेका छन् भन्ने मधेसी जनताले बुझका छैनन् । तर, अब विस्तारै बुझ्दे भने छन् । जुन दिन महतोको कालो अनुहार सबैले देखछन् तब उनको राजनीतिक जीवन सदासदाका लागि समाप्त हुनेछ । त्यो सबैले बुझेका छन् र महतोले पनि बुझनु आवश्यक छ ।
यतिबेला नेपालमा तेलको हाहाकार भएपछि चीनसँग तेल ल्याउने सहमति भएको छ । जसका कारण महतो लगाएतका मधेसी मोर्चाका नेताले गरेको मधेस बन्द फेल खाने संकेत देखिएको छ । त्यसैले उनीहरु चीनबाट तेल आउन नदिन अनेक खेलमा लागेका छन् । जसको ताजा उदाहरण हो चीनसँग भएको तेल सम्झौताको विरोध गर्नु र चीनको झन्डा जलाउने जस्तो कर्तुत गर्नु । नत्र चीनसँग तेल सम्झौता गरेर नेपाल कसरी उनको दुश्मन भयो घाटा त भारतलाई छ । अनि यसमा चीनको के गल्ती ?, उनलाई चीन विरोधी प्रदर्शन गर्न किन आवश्यक ? भारतले नाकाबन्दी गर्दा भारतलाई सहयोग गर्ने तर, चीनले नेपाललाई सहयोग गर्दा चीन विरुद्ध प्रदर्शन गर्ने यो कुन राजनीति हो ? उनको व्यवहारले उनका लागि नेपाल र चीन दुश्मन र भारत वेस्ट फ्रेन्ड भएको प्रस्ट देखिन्छ ।
उता तराईका विभिन्न स्थानमा चीन विरोधी प्रदर्शन भइरहँदा पनि सरकारले कुनै कदम चाल्न सकेको छैन । चीनसँग तेल ल्याउने समझौतामा बल्लबल्ल हस्ताक्षर गरेको सरकार अझै पनि कतै भारतसँग डराइरहेको त छैन भन्ने सबैले सोच्न थालेका छन् । चीनबाट तेल र ग्यास ल्याउँदा सस्तो पनि पर्ने र चीनले नेपाललाई दिन सकारात्मक पनि भएको अवस्थामा सरकारले देश र जनताका लागि सोच्नुपर्छ । अब हामी भारत र भारतीय दलालसँग झुक्नु हुँदैन । चीनसँग तेल र ग्यास आउन थाल्यो भने भारतीय नाकाबन्दी त्यसै तुहिन्छ र मधेस आन्दोलनको कुनै अर्थ रहँदैन । यस्तोमा नेपालले चीनसँग पनि आफ्नो सम्बन्ध बढाउँछ र भारतबाट पनि आयात गर्छ । फाइदा नेपाललाई नै हुन्छ । त्यसैले यो सोच्ने होइन गर्ने समय हो ।
Loading...
Social Buttons