Latest News

एके 47 तथा विविध हतियार सहित भारतिय प्रहरी नेपाल प्रवेश स्थानिय भयवित !!

वीरगन्ज,९ कात्तिक– वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपीसहित ५ जनाको टोली दुई दिनअघि हतियारसहित नेपाल प्रवेश गरेको खुलेको छ । मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरनसहितको भारतीय जीपमा त्यहीँबाटै नेपाल प्रवेश गरेका हुन् । भारतीय प्रहरी गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा वीरगन्ज भन्सार, रजतजयन्ती चोक, बाइपास सडक हुँदै अन्र्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए । त्यहाँ तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउन्ड गोली बरामद गरेको स्रोतले बतायो । ‘४ जना बर्दीधारी प्रहरीसहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’ नेपाल प्रवेश गरेकामा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेसल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडृेलगायत थिए । विहार राज्यको विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडे टोलीलाई थप मद्दतका लागि पूर्वी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट
Loading...