Latest News

इन्धन नरोक्न राष्ट्रसंघले गरेको आग्रहलाई भारतले सुनेन

काठमाण्डु, ९ कात्तिक– लगातारको भारतीय नाकाबन्दीका कारण चरम इन्धन अभाव भएपछि भूकम्प पीडित समुदायसम्म अत्यावश्यक सामाग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ राष्ट्रसंघले इन्धन अभाव तत्काल अन्त्य हुनुपर्ने बताएको छ ।
जाडोयाम सुरु भइसकेकोले हिउँ पर्नुअघि नै अत्यावश्यक सामाग्रीहरू प्रभावित क्षेत्रमा पुर्‍याइसक्नु आवश्यक रहेको तर इन्धन अभावले समस्या परेको जानकारी सबै निकायलाई गराइएको राष्ट्रसंघको मानवीय सहायता समूह (यूएनओचा) ले बताएको हो । उसले भूकम्पपीडितहरूको पछिल्लो अवस्थाबारे हरेक महिना जानकारी दिदैँ आएको छ ।
यसैक्रममा उसले अन्तर्राष्ट्रिय  सहयोग निकाय तथा मुलुकहरूलाई नेपालमा जारी इन्धन अभावबारे अवगत गराइसकेको छ । उसका अनुसार ८० हजार परिवारलाई तत्काल बास र खाद्यान्न व्यवस्था गर्नुपर्ने अवस्था छ । सात लाख परिवारलाई गाँस, बासको दीर्घकालीन व्यवस्था गर्नुपर्ने अवस्था छ ।
‘असोज पहिलो सातादेखि इन्धन अभाव हुदाँ जाडोयाममा जीविकोपार्जनका लागि चाहिने वस्तुहरूको आपूर्ति प्रक्रिया अवरुद्घ भएको छ,’ राष्ट्रसंघका आवासीय प्रमुख तथा मानवीय सहायता संयोजक जेमी म्याक गोल्डरिकले भनेका छन् ।
–कान्तिपुर दैनिकबाट
Loading...