Latest News

नेपाललाई तेल र ग्यास दिएपछि मधेसी मोर्चाले तिब्बतलाई चीनबाट टुक्रयाइदिने धम्की

फाइल तस्बिरकाठमाडौं, ९ असोज । भारतको अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिएपछि मधेसवादी दलहरु जुरमुराउन थालेका छन् ।
चीनको झण्डा जल्दा खैलाबैला मच्चिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अब भने चीनविरोधी भावना झनै बढेको छ । आफ्नो आन्दोलनलाई वेवास्था गरी नेपाललाई सहयोग गरेको भन्दै मधेसी मोर्चाले चीनविरुद्ध आन्दोलन थालेको हो ।
दुई महिनादेखि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका मधेसवादी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा छन् । झण्डा जलाएर चीनको विरोध गरिसकेको मधेसी मोर्चाले अब खुलेयाम चीनविरुद्ध प्रदर्शन गर्न लागेको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिनुभयो ।
चीनले खुलेरै नेपाललाई सहयोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका हुन् । साथै मधेसी मोर्चाले चीनको उक्त कदममा गम्भीर आपत्ति जनाएको छ । चीनले नेपाललाई सहयोग गरे मधेशमा चीनविरुद्ध कडा प्रदर्शन हुने उहाँको चेतावनी छ । महतोले स्वतन्त्रताको नारा लगाएर चीनबाट तिब्बत टुक्रयाउने चेतावनी पनि दिनुभयो ।
साथै उहाँले आफूहरुको आन्दोलनमा सहयोग गर्न समेत चीनलाई आग्रह गर्नुभयो । भर्खरै मात्र चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिने घोषणा गरेको थियो
Loading...