Loading...
धेरै समयपछि रोकिएको संसद बैठक सुचालु भएको छ । एकजना सांसदले देशको नाम फेर्न संसदमा प्रस्ताव राखे । पुरानो देशको नाममा हिन्दुहरुको गन्ध आउने भन्दै उनले देशको नाम ‘भ्यालेन्सिया’ राख्न प्रस्ताव गरे । उनको प्रस्तावमा सबैले सहमति जनाए । अबदेखि देशको नाम भ्यालेन्सिा हुने भयो । धेरै सांसदहरु मक्ख पदै बाहिर निस्किए । तर संसद बैठक समाप्त हुने वितिक्कै दिल्लीबाट फोन आयो । नेताहरुको कोलाहल सुरु भयो र दिल्लीमा लस्कर लागेर वार्ता गर्ने नेतारुले स्पष्ट पारे ।
बेलुकी क्राउन प्लाजामा विदेशीहरुले नेताहरुको सम्मानार्थ एउटा पार्टी आयोजना गरेका छन् । अमेरिकी, युरोपेली र भ्याटिकट सिटीका धर्मगुरुहरुले आयोजना गरेको रस पाटीमा जान सबै नेताहरु तंछाड—मछाड गर्दै लागिपरेका छन् । पार्टीमा भाग लिन गएका नेतागणहरुको माझमा उधिएका एक जना विदेशीले भोलीको संसद बैठकमा झण्डा फेर्न नेताहरुलाई सुझाव दिने वितिक्कै भ्यालेन्सियाली नेताहरु संसद बैठकमा झण्डा पनि फेर्न सहमत भए । चन्द्र र सूर्यले हिन्दुहरुको प्रतिनिधित्व गर्छ भन्दै विदेशीहरुले प्रस्ताव गरेका थिए । एकाएक भोलीको संसद बैठकमा झण्डा फेर्ने प्रस्ताव पनि बहुमतले पारित भयो ।
गाउँगाउँमा धर्म परिवर्तन गराउने क्रम तिव्र बनिसकेको थियो । इश्वरले आफ्नो नाम फेरेर ‘अब्राहम’ राखिसकेका थिए । उसले बाबुबाजेले बनाएको तुलसाको मोठ भत्कायो । पूजाकोठामा राखिएका देवताहरुको मुर्ती पनि देख्न सकेन । हजुरबुबा रामनाथले सजाएर राखेको रामायण र महाभारतको किताबमा अब्राहमले आगो लगायो ।
इस्माइल राना मगर साउदीबाट फर्कियो । उनले रोजगारीका लागि साउदी गएकाहरुलाई धर्म परिवर्तन गराउने काम गर्छन । रामायण, महाभारत, उपनिषद जस्ता ग्रन्थको देखाएर मुस्लिम बनाउन उनी खुबै चतुर छन् । उनले युट्युवमा गरेको भाषण देखेर केहि जनजाती मुस्लिम बनेका छन् । गाउँमा बुद्ध धर्म मान्नेहरुको गुम्बा सुनसान देखिन थालेको छ । तामाङ, मगर, लिम्बु लगायतका केहि जनजातीहरु मुस्लिम बनेका छन्, कतिले नाम फेरेर मुहम्मद राखे, कसैले इब्राहिम, कोहि क्रिश्चिन बनेका छन् । पहिले गाउँमा मिलेर बसेकाहरु अहिले धर्मको नाममा झगडा गर्छन । त्यो गाउँमा केहि तामाङहरु बौद्ध धर्म मान्छन् । तर तिनीहरुलाई पनि धर्म परिवर्तन गरेकाहरुले जाँड खाने देउता नमान हाम्रो धर्ममा आउ भन्छन् । कतिले त पैसा पनि दिन्छु भन्छन ।
उच्च पदमा पुगेका एक जना बाहुन नेताको अहिले राजधानीमा आलिसान घर छ । उनले छोरीलाई डाक्टर पढाएका छन । उनी थिचिका मिचिएकाहरुलाई अधिकार दिने कुरा गर्छन । तर उनी धनी बनेको बन्यै छन । थिचोमिचोमा परेकाहरु कहिले पनि माथि उठ्न सकेका छैन्न । उनीसंग दाहिने बनेका शेर्पा थरका एक जना नेताको पनि राजधानीमा घर छ । उनीको लन्डनमा पनि बिजनेश छ । हिमालका शेर्पा जातीले अधिकार पाएन्न बाहुन क्षेत्रीले थिचोमिचो गरे भन्दै कहिलेकाँहि भाषण ठोक्छन ।
केशव बाहुनले पनि धर्म परिवर्तन गरेका छन् । उनको सालो जय पनि भिनाजूको सहपाठी बनेका छन् । केशव भुतपूर्व सेना हुन । उनीहरुको ब्यवसायनै जसरी पनि धर्म परिवर्तन गराउनु हो । केशवले रेडियो पनि खोलेका छन् । रेडियो सन्चालनको लागि विदेशबाट पैसा आउँछ । रेडियोमा काम गर्नको लागि धर्म परिवर्तन गर्नै पर्छ । धर्म परिवर्तन नगरिकन कसैले जागिर पाउने आशा नगरेपनि हुन्छ । उनीहरुको तराइदेखि हिमालसम्म धर्म परिवर्तन गराउनका लागि खोलिएका धार्मिक संस्थाहरु छन् ।
भ्यालेन्सिाका प्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारीहरु माफियाहरुको जालोमा फसेका छन् । पहिला गरिवीमा विश्वमा दोस्रो नम्वरमा आउँथ्यो । अहिले पहिलो नम्वरमा आएको छ । धेरै मन्त्रीका आफ्नै मेडिकल कलेज छन् । बर्षमा अर्ब भन्दा बढि फाइदा हुन्छ । यदि कानुनमा फेरबदल गर्नु परे संसद बैठकमा प्रस्ताव पारित गराउन उनीहरुको लागि कुनै आपत्ती छैन । कसैले यसको विरुद्धमा अनसन बसेपनि केहि हुनेवाला छैन । मन्त्री, प्रधानमन्त्री सबै माफियाको जालोमा परेपछि अरुले आवाज नउठाएपनि हुन्छ । एकाविहानै एउटा अन्तराष्ट्रिय समाचार एजेन्सीले समाचार लेख्छ । भारतको सिमा हुँदै आइएसका लडाकुहरु भ्यालेन्सियाको राजधानीतिर आक्रमण गर्न पसेका छन् ।
त्यपछि एकाएक रेडियो र टेलिभिजनबाट समाचार आउन सूरु हुन्छ । दश हजारका संख्यामा प्रवेश गरेका लडाकुहरुले सेनाका केहि ब्यारेक ध्वस्त पारेका छन् । भारतको सिमासम्म गेरु वस्त्र धारण गरेर आएका लडाकुहरु भ्यालेन्सिमा प्रवेश गरेसंग कालो वस्त्र धारण गरेका थिए । इस्लामिक स्टेट घोषणा गर्न माग गर्दै केहि शहर पनि ध्वस्त पारिसकेका छन् । देशको एउटा मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम धर्माबलम्बीहरुको माझमा आत्मघाती आक्रमण गरेर आइएसका लडाकुहरुले दश जनाको ज्यान लिइसकेको खबर सुनेपछि सबै डराउँछन् । क्रमशः...
(यस कथाका पात्रहरु काल्पनीक हुन । कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुने छ । )
Loading...
Social Buttons