Latest News

रन्जितालाई म्यूजिक भिडियोको मात लाग्यो रे !! कसरी लाग्यो ???

राजेन्द्र कार्की, रन्जिता लिम्बु सामान्य भन्दा अग्लि नै छिन । चिने जानेको सँग भेट् हुँदा मुसुक्क हासिहाल्ने बानिले गर्दा धेरै साथीहरु बनाउन सफल भएको पनि बताउँछिन ।
अल्लि सुडोल शारीरिक आकृति, मन्द मुस्कान र रहर लाग्दो आकर्षण रहेकी रन्जिता साह्र हिसि परेकी छिन । त्यसैले उनलाई म्यूजिक भिडियोमा अफर आउने लर्को लागेको छ । त्यसो त उनले निशान, खेलाडी लगायतका चलचित्रहरुमा समेत अभिनय गर्ने अवसर पाउनु भइसकेको छ ।
दिलिप रायमाझी लगायतका नायकहरुसँगको म्यूजिक भिडियोको अभिनयले उहाँलाई भने चलचित्र भन्दा पनि म्युजिक भिडियोको मात लागेको बताउनु हुन्छ । हुन पनि किन नहुनु म्यूजिक भिडियोको माजा केहि दिनमा हेर्न पाइने अनि दाम पनि हाता हाती ।
त्यसैले पनि होला मोडल रन्जितालाई मात्र होइन मै हुँ भन्ने नेपाली हिरोयनहरु प्नि म्युजिक भिडियो भने पनि नशा लागे झैं गर्छन । हाल भने उहाँले मनु लिम्बुको सुरिलो कण्ठले गाइएको “परे कसो होला एक अंजुली माया घुटु घुटु.....”बोलको गीतको म्यूजिक भिडियो गर्नु भएको छ ।
गीतको बोललाई महेश खड्काले संगीतबद्ध गर्नु भएको छ । भने म्यूजिक भिडियोको निर्देशक युगल पोमो रहेका छन । पर्दामा उर्तान क्यामेराको मेसो चाहि ज्ञानेन्द्र शर्माले निर्वाह गर्नु भएको छ । यस म्यूजिक भिडियोमा रन्जितालाई निरन्जन प्रधानले साथ दिनु भएको छ ।
एका तर्फ नेपाली मनोरन्जनको क्षेत्र अन्र्तगत म्यूजिक भिडियोहरुमा हसिली रसिली मोडलहरुको प्रवेश बड्दो देखिन्छ । उहाँहरुलाई म्यूजिक भिडियोको रस भनु या नशा या भनौं मात भने अति नै लागेको बताउँदै आइरहनु भएको छ ।
आफुलाई मात लागे सम्म त केहि भएन नै । आफुलाई मात लाग्दा लाग्दै दर्शकहरुलाई समेत मात लगाउन थाल्नु भयो भने त फेरि बित्याँस पर्ला नी १
Loading...