Latest News

मधेसी मोर्चाका शीर्ष चार नेता अनशन बस्ने !

काठमाडौं, २ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराई मधेसमा जारी एक महिनादेखिको आन्दोलनका विषयमा मोर्चाभित्रैबाट विभिन्न आवाज आउन थालेका छन् । आन्दोलनको स्वरुप परिवर्तनको लागि दवाव परेको हो ।
Madheshi-Morcha-Netaतराई मधेस बन्दका कारण स्थानीयले बिरोध गर्न थालेपछि आन्दोलनको स्वरुपमा परिवर्तनको कुरा उठ्नु स्वभाविक पनि हो ।
मोर्चाका दलहरू संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीका नेताहरूका आन्दोलनका विषयमा दिने अभिव्यक्तिले राजनीतिमा उछाल ल्याउने गरेको छ ।
यसैबीच, मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हार्डलाइनका मानिनुहुन्छ । उपेन्द्र यादव, महन्त ठाकर र महेन्द्र राय यादव चलक मानिन्छन् । महतोबाहेकका अन्य तीन नेता वार्ताबाट समस्याको समाधान खोजीको प्रयासमपनि छन् ।
यसै क्रममा सद्भावना पार्टीका महासचिव मनीष समुनले आन्दोलनको स्वरुपमा परिवर्तन ल्याउन प्रस्ताव गर्नुभएको छ । मधेसी मोर्चामा प्रभाव राख्ने नेता सुमनले आन्दोलनको स्वरुप परिवर्तन गरेर शीर्ष चार नेताहरूलाई अनशनमा बस्न सुझाव दिनुभएको छ ।
उहाँले जनकपुरमा मधेसी मोर्चाका चार शीर्ष नेतालाई अनशनमा बसालेर आन्दोलन गरी प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीलाई घुँडा टेकाउनु पर्ने उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा आज सन्देश लगेर सद्भावना पार्टीका महासचिव सुमनले शीर्ष नेताहरूलाई अनशनको चुनौति दिनुभएको हो ।
उहाँको प्रस्ताव मधेसी मोर्चाका चार शीष नेताहरूले मान्ने कुनै लक्षण भने छैन । यो प्रस्तावलाई चार शीर्ष नेताले कदापि मान्ने छैनन् ।
तराई मधेसमा आन्दोलनका क्रममा हालसम्म ३४ जना आन्दोलनकारीको मृत्यु भइसकेको छ । आन्दोलनमा रहेका मधेसी र थारुहरूले माग पूरा नभएको भन्दै आएका छन् भने प्रमुख तीन दलहरूले माग सम्बेधन भइसकेको दाबी गरिरहेका छन् ।
‘मधेस आन्दोलन– २०७२, एक कठिन मोडमा आएको छ’, महासचिव सुमनले भन्नुभएको छ, ‘३४ आन्दोलनकारीको मृत्यु भइसक्दा पनि कांग्रेस, एमाले र एमाओवादीले आफू अनुकुलको मधेस विरोधी संविधान बनाउन सफल भए ।’
उहाँले अगाडि भन्नुभएको छ, ‘आन्दोलनलाई अधिक उँचाईमा पुराउन महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवलाई जनकपुरको खुला मैदानमा मधेसको माग पूरा गराउने उद्देश्यले अनशन बस्नुपर्छ ।’
महासचिव सुमनले मधेसी मोर्चामा आबद्ध सबै दलका सभासदहरूलाई व्यवस्थापिका संसदको सदस्यउता अबिलमब त्याग्न पनि सुझाव दिनुभएको छ । ‘महन्त ठाकुरलगायतका बिमारी नेताहरू अनशन बसेपछि सरकारले बाध्य भएर मधेसीका माग सम्बोधन गर्नेछ’, सुमनले भन्नुभएको छ ।
- See more at: http://dainiknepal.com/2015/90825.html#sthash.Njk6NrWr.dpuf
Loading...