Loading...
एमाले नेता तथा उद्योगमन्त्री महेश बस्नेत युथ फोर्स गठनपछि चर्चामा आए । २३ वर्षमा गाविस अध्यक्ष जितेका महेशको छवि भने निर्विवाद रहन सकेन । केही समयअघि संस्मरण ‘म महेश’ लेखेपछि महेश फेरि विवादमा तानिएका छन् । उनीमाथि लाग्ने गरेका आरोपबारे नयाँ पत्रिकाले उनलाई सोध्यो । उनका जवाफ :
१. राजनीति संगठनका आधारमा चल्छ, राजनीतिक पार्टीका पद्धति हुन्छन्, नियम हुन्छन् । तर, महेश बस्नेतलाई यी कुनै नियम लाग्दैन । संविधानसभा निर्वाचन, पार्टी महाधिवेशन हारे पनि सबै नियम मिचेर तपाईं नै मन्त्री बन्नुभयो ।
हो, संविधानसभा निर्वाचन र पार्टी महाधिवेशनमा मैले पराजय भोग्नुपर्यो । तर, एउटा हार जीवन र भविष्यको समाप्ति होइन । ‘क्रुसियल’ समयमा म राजनीतिमा ज्यानको बाजी राखेर लागेँ । त्यतिवेला कैयौँ यस्ता घटना भए, जसले मलाई समाजसँग धेरै नजिकिन दिएन र टाढा पनि राखेन ।
देश संक्रमणकालीन अवस्थामा थियो । माओवादी सत्तामा थियो । उसबाट जनताले धेरै आश गरेका थिए । तर, उसैले अर्धसैनिक संरचना वाइसिएल बनाएर समाजमा थप वितण्डा मच्चाउन थाल्यो । पार्टीले त्यो वितण्डा रोक्न युथ फोर्स बनायो । त्यसको प्रमुख मलाई बनाइयो । अनि म होमिएँ, एउटा अभियानमा । त्यो अभियान समाजका लागि थियो । तर, आफैँ खेली हुर्केको भक्तपुरको माटोमा म राम्रोसँग डुल्न पाइनँ । त्यो अभियानमा लाग्दा पार्टीकै नेता र साथीहरूको पनि मतभेद थियो । मतान्तर हुँदाहुँदै अभियानलाई सफल बनाउन हामी लागिरह्यौँ । फलस्वरुप मैले निर्वाचनमा पराजय भोग्नुपर्यो । तर, के पनि बिर्सनु हुँदैन भने मैले जीवनमा त्यसअघिका सबै निर्वाचनमा विजय हासिल गरेको थिएँ । पार्टीकै सिद्धान्त र निर्णयअनुसार अगाडि बढेको थिएँ । युवासंघमा दुईपटक निर्वाचन जितेर नै म अध्यक्ष भएँ । किनकि युवासंघ त्यही प्ल्याटफर्म थियो, जहाँ मैले काम गर्न पाएको थिएँ ।
संविधानसभाको दोस्रो निर्वाचनमा मेरो व्यक्तिगत पराजय भए पनि सम्पूर्ण नेपालीको जित भयो । समाजलाई थप हिंसात्मक बनाइरहेको माओवादी साइजमा आयो । यही नै मेरो विजय हो । देशलाई लोकतान्त्रिक पद्धतिबाट संविधान दिने हाम्रो चाहना पूरा भएपछि म व्यक्तिगत पराजयमा खुसी भएँ । संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले जितेपछि देश झन् तहसनहसको बाटोमा अगाडि बढेको छर्लंगै छ । निर्वाचनमा पार्टीलाई सफल बनाउन युवासंघले खेलेको भूमिका, मैले गरेका कामको सम्मान गर्दै पार्टीले नै मलाई मन्त्रीको जिम्मेवारी दिएको हो । यो विषयमा विस्तृत कुरा मैले संस्मरण म महेशमा पनि लेखेको छु । पार्टीले औपचारिक निर्णय गरेको कमरेड झलनाथ खनालले मलाई पहिलोपटक सुनाउँदा ममा देश विकास गर्ने चाहना थप बलियो भयो । पार्टीले त्यसअघि दिएका जिम्मेवारी पूरा गरेकैले मलाई पार्टीले नयाँ जिम्मेवारी दियो भन्ने सोचेँ । यसअघिजस्तै अब पनि म यो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु ।

२. महेश बस्नेतलाई नेपालको कानुन लाग्दैन । महेश बस्नेत आफैँ वकिल, न्यायाधीश र प्रहरी हो । दिनेश अधिकारी चरीलाई निरपराध भन्दै कारबाही गर्न नदिने तपाईंले नै पुस्तकमा लेख्नुभएको छ, ‘पछि उसलाई सुधार्न सकिएन । म टाढा भएँ ।’ आखिर ऊ गलत रहेछ नि, तपाईंले किन पहिले आफैँ ‘डिसिजन’ गर्नुभयो ?
दिनेश अधिकारी चरीले समाजमा नराम्रा काम गरेको छ, ऊ अपराधमा पनि संलग्न मान्छे हो भन्ने हामीलाई थाहा थियो । एउटा मानिसले गलत बाटो समाउन सक्छ तर त्यही नै उसको जीवनभरको पहिचान हुन सक्दैन । बाटो बिराएको मानिसले सुधार गर्न सक्छ आफूलाई ।
युवासंघ, युथ फोर्समार्फत् म त्यतिवेला यही अभियानमा थिएँ । अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द ओल्ड म्यान एन्ड द सी’मा जसरी त्यो बूढो माझी आफ्नो उद्देश्यमा अविचलित लागिरह्यो, त्यसरी नै म पनि समाजमा वाइसिएल ज्यादती अन्त्य गर्न र युवाहरूमा परिवर्तन ल्याउन लागिरहेँ । त्यही वेला मैले चरीको पक्षमा कुरा गरेको हुँ ।
त्यतिवेला नयाँबजार क्षेत्रमा माओवादी ज्यादती अत्यन्त बढेको थियो । युवासंघका कार्यकर्ता भएकै आधारमा हाम्रा साथीहरू जोग गुरुङ, विवेक देवकोटाहरूको खुट्टा काटिएको थियो, हात भाँचिएको थियो । चिया पसलमा त परै जाओस्, गृहणीले भान्सामा पनि वाइसिएलको ज्यादतीको विषयमा कुरा गर्न सक्ने स्थिति थिएन, माओवादी तत्काल भौतिक आक्रमणमा उत्रन्थ्यो । त्यो क्षेत्रका व्यापारी, व्यवसायी वाइसिएल आतंकका कारण आत्तिएका थिए । यो त्यही समय थियो, जतिवेला माओवादीविरुद्ध बोलेकै आधारमा देशभर हत्याका शृंखला बढेका थिए ।
यसले समाजमा हिंसात्मक गतिविधि मात्र बढाएको थिएन, युवाहरूलाई गलत दिशामा उन्मुख पनि गराइरहेको थियो । त्यही परिवेशको उत्पादन हुन्, दिनेश अधिकारी चरी । उसले आफ्ना कामबारे पश्चात्ताप गर्दै सुधारको बाटोमा उभिन खोजेको थियो । हामीले उसलाई साथ दियौँ । त्यो हाम्रो स्वार्थ थियो– हामी माओवादीलाई मनोवैज्ञानिक ‘एट्याक’ गर्न चाहन्थ्यौँ, सफल भयौँ ।
अब अदालत र प्रहरीका कुरा । त्यतिवेला माओवादीले उजुरी लिएर जनअदालत भन्दै आफ्नै अदालत खडा गर्ने अभ्यास गरिरहेको थियो । हामी त्यसको विरोधमा थियौँ । हामीले सधैँ कानुनी राज्यमा विश्वास गर्यौँ । माओवादीको जस्तो कानुन आफ्नो हातमा लिने सोच्दा पनि सोचेनौँ । बरु प्रहरीलाई सहयोग गर्यौँ । समाजमा वितण्डा मच्चाइरहेकाहरूलाई प्रहरीलाई बुझायौँ । चरीलाई सुधार्न हामीले प्रहरीसँग पनि सहकार्य गरेका थियौँ । यो फरक कुरा हो, हामीले चाहँदा–चाहँदै पनि चरीले सुधारको बाटो अगाल्न सकेन ।
३. तपाईं पार्टीको नियम, पद्धति मान्नुहुन्न । आफ्नो निर्णय नै अन्तिम सत्य ठान्नुहुन्छ । जस्तो कि, परशुराम बस्नेतको विषयमा तपाईं इटहरीमा पक्राउ पर्नुभयो । काठमाडौंमा योगेश भट्टराईलगायतले गृहमन्त्री कृष्णबहादुर महरासँग वार्ता गरे । तपाईंलाई रिहा गर्ने सहमति भयो । तर, तपाईंले मान्नुभएन ।
भिएस नैपालको एउटा पुस्तक छ, ‘एन एरिया अफ डार्कनेस’ । पुस्तकमा नैपालले एउटा पात्रबारे बढो मीठो ढंगले चित्रण गरेका छन् । त्यो पात्र रामोन अनेक अपराधमा मुछिएको हुन्छ । जब ऊ पक्राउ पर्छ, त्यतिवेला पनि उसले कुनै अपराध गरिरहेको हुन्छ । रंगेहात पक्राउ परेको थियो रामोन । प्रहरीले उसलाई तर्कका साथ पक्राउको कारण बताएको छ ।
कानुनी राज्यमा यस्तो नेपालमा मात्र होइन, विश्वभर हुन्छ । प्रहरीले आधारविना पक्राउ गरेर कसैलाई पनि दु:ख दिन पाउँदैन । अझ राजनीतिक आस्थाका कारण सत्ताको दुरुपयोग गर्दै पक्राउ गरेर कसैलाई दु:ख दिन पाइँदैन ।
हामी विराटनगर कार्यक्रम गर्न गएका थियौँ । कार्यक्रम गर्न नदिन प्रशासनले विराटनगरलाई निषेधित क्षेत्र घोषणा गर्यो । हामीले प्रशासनको निर्णय सहज स्वीकार गर्यौँ । इटहरी निषेधित क्षेत्र थिएन, प्रशासनसँग सल्लाह गरेरै हामीले पत्रकार सम्मेलन गरेका थियौँ । तर, अचानक प्रहरीले मलाई पक्राउ गर्यो । त्यसपछि मैले एउटै कुरा बुझ्न चाहेँ– मेरो गिरफ्तारीको कारण ।
‘फिल्ड’मा म पक्राउ परेँ, यता राजधानीमा योगेश कमरेडहरू आत्तिँदै गृहमन्त्रीसँग वार्ता गर्न जानुभएछ । न त्यो पार्टीको निर्णय थियो, न मसँग कुनै छलफल भएर योगेश कमरेड वार्तामा जानुभएको थियो । त्यसैले, मैले त्यो सम्झौता मानिनँ । एउटा सामान्य नागरिक पक्राउ पर्नुको कारण चाहेँ । महराको प्लान मलाई किमार्थ स्वीकार्य थिएन । देशभरका कलेजमा पनि स्वीकार्य भएन, त्यतिवेला उठेको देशभरको आन्दोलनले यही भन्छ ।
त्यो पार्टीको निर्णय भएको भए मैले मान्थेँ पनि होला । आजसम्म मैले जे गर्दै आएको छु, सबै पार्टीका निर्णयअनुसार नै गर्दै आएको छु । तर, यसको अर्थ यो पनि होइन कि मैले पार्टीका निर्णयमा असहमति राख्नै पाउँदिनँ ।
४. राजनीति इमानले होइन, झुटले चल्छ भन्ने मान्नुहुन्छ । व्यवसायी रामहरि हत्याकाण्डविरुद्ध आन्दोलनमा ज्ञानकुमारलाई रामहरिका दाजु भन्नुभयो । अनि ज्ञानकुमारको नाममा रेडियोमा आफैंले अन्तर्वार्ता पनि दिनुभयो ।
मैले यस विषयमा कुनै झुट बोलेँ भन्ने लाग्दैन । व्यवसायी रामहरि श्रेष्ठलाई माओवादीले कुनै कारणविना अपहरण गरेको थियो । उहाँको परिवार अत्यन्त ठूलो त्रासमा थियो । रामहरिको अपहरणपछि पनि उहाँको परिवारलाई माओवादीले धम्की दिन छाडेको थिएन । हामीले माओवादीविरुद्ध होइन, माओवादीका त्यस्ता अमानवीय ज्यादतीविरुद्ध आवाज उठायौँ । त्यसलाई ज्ञानकुमारजीले नेतृत्व दिनुभयो । आन्दोलनलाई सहज बनाउन उहाँलाई रामहरिको दाजु भन्यौँ । केही दिनमा त्यो आन्दोलन यति चर्कियो कि ज्ञानकुमारजी अत्यन्त व्यस्त हुनुभयो । अनि आन्दोलनबारे आमजनतालाई ‘मेसेज’ दिन मैले मिडियामा ज्ञानकुमारजीका कुरालाई राखेँ । ज्यादतीविरुद्ध सुसूचित गर्न त्यसो गरिएको थियो । हो, यो एउटा गल्ती थियो, तर समयको माग पनि थियो भन्ने बिर्सन हुँदैन ।
तर, यत्तिकै आधारमा मलाई झुटमा विश्वास गर्यो भन्न मिल्दैन । झुटमा विश्वास भएको भए यो विषयमा मैले सत्य कुरा पुस्तकमा किन लेख्नुपथ्र्यो ? मैले सत्य कुरा लेखेको छु, त्यो समयलाई बाहिर ल्याएको छु, पाठकहरूले त्यसबाट बुझ्न सक्नुहुनेछ, महेश बस्नेत कति इमानदार छ भन्ने ।

५. राजनीतिमा लागेको मान्छे, प्रहरीमाथि नै जाइलाग्नुभयो । प्रहरीमाथि झोसेको मसालको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । त्यसले तपाईंको ‘नेचर’ देखाउँछ ।
सामाजिक सञ्जालमा महेश बस्नेतको त्यो तस्बिर मात्र होइन, निर्दोष मानिसका फोटोसप गरिएका तस्बिर हजारौंँ छन् । सबैले आफ्ना तस्बिर फोटोसप गरिएका हुन् भन्ने प्रस्टीकरण दिँदैनन् । मैले पनि त्यतिवेला त्यसबारे कुनै प्रतिक्रिया दिइनँ ।
हेर्नोस्, हिजो म फेसबुक हेर्दै थिएँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कार्यालयमा कम्प्युटरमा तास खेलिरहेको तस्बिर देखेँ । मलाई आश्चर्य लाग्यो, नेपाली युवा किन यस्ता अनुत्पादक काममा समय बिताइरहेका छन् ।
यसको सबै कारण नेपालमा ‘साइबर ल’ कडा नहुनु हो । सरकारले यस विषयमा सोच्नुपर्छ र कडा कानुन ल्याउनुपर्छ । त्यतिवेला पनि यस्तो कानुन हुन्थ्यो भने त्यो मेरो फोटोलाई फोटोसप गरेका सशस्त्रका अधिकारी दीपशमशेर अहिले जेलमा हुन्थे होलान् । यो मैले अनुमानमा भनेको होइन । सशस्त्रले यस्तो नकाम गरेको भन्दै उनलाई त्यतिवेलै कारबाही गरेको थियो । मेरो संस्मरण म महेश पढ्नुहोस्, यसबारे ‘डिटेल’मा लेखेको छु ।
६. तपाईं पार्टी कार्यकर्ताको होइन, गुन्डाहरूको विश्वास गर्नुहुन्छ । वाइसिएललाई तह लगाउने भन्दै तपाईंले चरीजस्ता डनहरूलाई साथ दिनुभयो ।
संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पार्टी बनेपछि माओवादीले समाजमा गुन्डागर्दीलाई प्रश्रय दिँदै गयो, त्यसैलाई राजनीतिक आधार बनायो र त्यही गुन्डागर्दीका आधारमा आफूलाई अगाडि बढाउन चाह्यो । गुन्डागर्दी संस्थागत हुँदै गएको नेपाली समाजले बाध्यतावश भोग्नुपरेको थियो । तर, वाइसिएलका गुन्डाहरूले अन्य पार्टीका कार्यकर्ता तथा समर्थकसमेत आक्रमण गरिरहेका थिए ।
हामीलाई थाहा छ, फलाम काट्न फलाम चाहिन्छ । वाइसिएलका गुन्डालाई हामीजस्ता राजनीतिक सिद्धान्तमा हिँडेका युवाले मात्र रोक्न असम्भवप्राय: थियो । ती गुन्डालाई तह लगाउन हामीले चरीहरूको साथ लिएको सत्य हो । तर, हेर्नोस्, चरीलाई हामीले कहिल्यै युवासंघको सदस्यता दिएनौँ । फेरि, उनले प्रण गरेका थिए, ‘म सुध्रन्छु’ । समाजमा नराम्रो काम गरिरहेको एउटा युवालाई सुधार्न पनि हामीले त्यो रणनीति लियौँ । यसले मलाई आरोप लगाउनेहरूको संख्या त बढायो, तर समाजलाई भने फाइदा नै पुग्यो । वाइसिएलका गुन्डाबाट समाज लामो समय त्रसित रहनुपरेन ।
७. महेश बस्नेतले सधैँ केपी ओलीलाई बोकेर हिँड्छ । पार्टीको काठमाडौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने निर्णय धुलिखेल बैठकमा युवासंघले गर्यो । गुटबन्दीको राजनीतिमा महेश बस्नेत विश्वास गर्छ ।
हो, कमरेड केपी ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने आवाज मैले उठाएँ । त्यसैमा दत्तचित्त भएर लागेँ पनि । यसको एउटै कारण छ– कमरेड केपी ओली यो परिस्थितिमा एमाले हाँक्न सबैभन्दा उचित पात्र हुनुहुन्थ्यो । समयको माग थियो त्यो ।
अब यतिको समय भइसक्यो, ओली कमरेड अध्यक्ष भएको । त्यसअघि पार्टी कसरी चलेको थियो, अहिले कसरी चलिरहेको छ भन्ने छर्लंगै छ । पार्टीलाई एक ढिक्का बनाएर केपी कमरेडले राष्ट्रको भलोमा काम गरिरहनुभएको छ । अब मेरो त्यो निर्णय सही कि बेठीक ? समयले नै पुष्टि गरेको छ । र, अहिले संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानले नै एमालेको स्ट्रेन्थ बढेको छ ।
८. तपाईंले युवासंघ छाडिसकेपछि पनि विवाद कायम छ । त्यो विवादलाई तपाईं नै प्रश्रय दिइरहनुभएको छ ।
यसमा मलाई आरोप लगाउनेहरूले सम्झून्, मैले जे भनेको थिएँ, त्यही भएको छ । बुटवल महाधिवेशनमा मैले भनेको थिएँ– ४१ वर्ष लागेपछि म युवा रहन्न, मेरो नैतिकताले युवासंघको अध्यक्ष भइरहन दिँदैन । सोही घोषणाअनुसार मैले अध्यक्ष पद छाडेँ । तर, त्यो महाधिवेशनमा पराजय भोग्नुभएका साथीहरूको कुण्ठाले उग्र रूप लिन थाल्यो । विवादका लागि मात्र उहाँहरूले अनेक तडकभडक गर्नुभयो ।
पछिल्ला केही दिनयता त म सुन्दै छु, उहाँहरूले आफ्ना गल्ती स्वीकार गर्नुभएको छ रे † यसले युवासंघको विवाद साम्य हुन थालेको आभास गराएको छ । यो मेरो सफलता हो, विवाद लम्बिएको भए मैले हस्तान्तरण गरेको संगठनको चिन्ताले मलाई पनि छुने थियो । र, यो मेरा लागि यसकारण पनि खुसीको कुरा हो कि युवासंघलाई एकताबद्ध गर्न मैले पनि सहयोग गर्न पाएको छु । युवासंघको तागत बुझेर विवाद झिक्न खोजेका नेताहरूले अब एकताको शक्ति बुझ्नुभएको छ ।
९. तपाईं महत्त्वाकांक्षी त हो, तर असफल मान्छे हो । मन्त्री हुनुभयो, तर ठोस निर्णय केही गर्न सक्नुभएको छैन ।
यो मेरो देशको विडम्बना हो, मानिसहरू कुरै नबुझी आरोप लगाउँछन् । यो मेरो समाजको विडम्बना हो, मानिसहरू तत्काल नतिजा खोज्छन् । गीतामा भनिएको छ, ‘कर्म गर, फलको आश नगर ।’ हो, अहिले म कर्म मात्र गरिरहेको छु, दुई दिन ताली पाउने फलको आश नगरी । उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्रालयले उद्योगको परिभाषा फराकिलो बनाएको छ । युवाहरूलाई रोजगारी दिने अवधारणामा कामहरू सुरु भएका छन् । तत्काल चर्चामा आउने र प्रत्यक्ष जनतासँग सरोकार भएको मन्त्रालय होइन, उद्योग । मन्त्रालयको दायरामा पर्ने जे–जति काम भएका छन्, सबै राम्रा छन् । निजी क्षेत्रका उद्योगी व्यवसायीको प्रतिक्रिया लिनुहोस्, उद्योग मन्त्रालयले पछिल्ला दिनमा के गरेको छ भन्ने बुझ्न सक्नुहुन्छ । यो आरोपबारे मैले केही भन्नु नै पर्दैन, ती प्रतिक्रियाले तपाईंलाई दूधको दूध, पानीको पानी छुट्याउन सहयोग गर्नेछन् ।
१०. तपाईं स्टन्टमा विश्वास गर्नुहुन्छ । मिडियासँग लामो समय तपाईं जुध्नुभयो, आफूलाई चिनाउन ।
म चिनाइरहनुपर्ने मान्छे होइन । मैले कहिल्यै महत्त्वाकांक्षा पालिनँ । सधैँ काममा विश्वास गरेँ । २३ वर्षमा गाविस अध्यक्ष हुँदादेखि नै मैले काममा विश्वास गर्दै आएँ । युवासंघको जिम्मेवारी सम्हालेपछि पनि मेरो फरक पहिचान स्थापित हुँदै थियो । युथ फोर्स गठन हुनु, र त्यसको प्रमुख मलाई बनाइनुले मबाट गरिएको आशा ठूलो थियो । म त्यो आशा पूरा गर्नतिर लागेँ, मिडिया मलाई खोज्दै आएको हो । तर, म सहज भएर मिडियामा प्रस्तुत भएँ । आफूलाई चिनाउन कुनै पनि मिडियासँग जुध्नु मलाई रत्तिभर आवश्यक थिएन, मेरो कामले नै चिनाइसकेको थियो मलाई । मिडिया कुनै व्यक्तिको कर्मको सपोर्ट हो । एउटा बलियो आधार भएको व्यक्तिलाई फाइदा गर्छ । नाटकीय चर्चामा आउलान्, त्यो दिगो हुँदैन । म नाटकीय चर्चाको पक्षमा पनि छैन, दिगो चर्चाको पक्षमा छु । मलाई बरु चर्चा चाहिँदैन, काम गर्न पाए हुन्छ ।
११. तपाईं प्रपोगान्डिस्ट हो । कम उमेरमा जो संस्मरण लेख्नुभएको छ ।
सिर्जनात्मक काम गर्दा उमेरको लेखाजोखा गर्ने यो समाज देखेर मलाई टिठ लागेको छ । संस्मरण लेख्ने कुरा उमेरले निर्धारण गर्दैन, घटनाले गर्छ । मैले आजसम्म जे भोगेँ, त्यो कुरा लेख्न नपाउने भन्ने के छ ? दुई–चार उदाहरण सम्झन चाहन्छु । तर, यसको अर्थ होइन, मैले आफूलाई ती उदाहरणका पात्रसँग तुलना गर्दै छु । जोन उड माइक्रोसफ्टको जागिर छाडेर पुस्तकालय निर्माण गर्दै हिँडे, उनका पाँचवटा संस्मरण छापिएका छन् । नेपाली कवि सम्झन चाहन्छु, भूपी शेरचन । उहाँका कविता पढेर हामी अहिले पनि आनन्दित हुन्छौँ, तर उहाँ कति वर्षको हुनुहुन्थ्यो ती कविता लेख्दा । मोतिराम भट्टको ३० वर्षमै निधन भयो, अब के उहाँका योगदानबारे कुनै चर्चा नगर्ने ? ३० वर्ष पनि नपुगेको मान्छेले गरेका कामबारे नपढ्ने ?
मैले चर्चाका लागि होइन, कुविचार भएका व्यक्तिले ममाथि सिर्जना गरिदिएका भ्रम चिर्न संस्मरण लेखेको हो । किताब लेख्नैपर्ने थियो, समाजलाई म महेशबारे सत्यतथ्य थाहा दिनु नै थियो । चर्चाका लागि किताब लेखेको भए, म झुटहरूको पुलिन्दा लेख्न सक्थेँ । हेर्नोस्, मैले सत्यतथ्य मात्र किताबमा लेखेको यसकारण पनि पुष्टि भएको छ– किताबमा आएका पात्रहरूले चुपचाप मेरा कुरा स्विकारेका छन् । नत्र उनीहरूको गल्तीलाई मैले बढाई–चढाई गरेको भए उनीहरू त्यसको खण्डनमा व्यस्त हुन्थे होलान् । मैले जे लेखेको छु, सबैले सकारेका छन् । अब तपाईं आफैँ भन्नुस्, म चर्चा रुचाउने मान्छे हो ?
र, अन्त्यमा महेश बस्नेतको एउटा आरोप
मैले संस्मरण लेख्नुको उद्देश्य हो– यस्ता प्रश्नका उत्तर दिएर अब मैले समय खर्च गर्न नपरोस्, सिर्जनात्मक काममा लाग्न पाउँm । मिडियालाई होस् या मेरा शुभचिन्तकका लागि होस्, यस्ता प्रश्न र मबारे उठेका जिज्ञासा समाधान होस् भनेर नै म महेश लेखिएको हो । यो समाजमा अझै पनि केही व्यक्ति किन हल्लाका पछाडि लागिरहेका छन्, सत्य बुझ्न अध्ययनमा समय किन खर्चदैनन् ?
Loading...
Social Buttons