Latest News

सिभिल बैंक चरम संकटमा ! कारण के त ? जानीराखौ !!

काठमाडौं । हाउजिङ व्यापारी इच्छाराज तामाङ र उनको समूहको लगानी रहेको सिभिल बैंक धरासायी बनेको बुझिएको छ । यसै पनि घरजग्गा व्यापारीहरुको ठूलो लगानी रहेको उक्त बैंक शुरुदेखि नै संकटमा रहेको थियो । एमाले निकटका तामाङले राष्ट्र बैंकका तत्कालिन गभर्नर युवराज खतिवडालाई प्रभावमा पारेर डाटाहरु म्यानुपुलेट गरी बैंकको सकारात्मक अवस्था प्रस्तुत गर्दै आएका थिए ।
तर पछिल्लो अवस्थामा उक्त बैंक भित्रभित्रै निकै नै संकटमा फसिसकेको विश्वस्त सूत्रहरुले बताएका छन् । महाभूकम्पछि इच्छाराज तामाङ र उनको सिभिल समूह नराम्रोसंग धरासायीस भएको छ । हाउजिङको व्यापार ध्वस्त छ भने उनका थुप्रै अपार्टमेन्टहरु मर्मतले मात्रै पनि नहुने अवस्थामा रहेका छन् ।
कतिसम् मभने सुन्धारा जस्तो राजधानीको केन्द्रमा रहेका सिभिल टे«ड सेन्टर र सिभिलम ल लगभग खाली अवस्थामा रहेका छन् भने अन्यत्रको हाउजिङको धन्दामा पनि पूर्ण विराम लागेको छ । यो समूहले हाउजिङमा लगाएको ठूलो रकम सिभिल बैंककै भएकाले बैंक लगभग टाट पल्टिने अवस्थामा पुगेको सिभिल बैंक स्रोतले बताएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्का सिभिल बैंकमै परेजस्तो महसुश भएको गुनासो तामाङले ठाउँ ठाउँमा गर्ने गरेका छन् ।
यसैबीच सिभिल बैंक संकटमै परेका कारण इच्छाराज तामाङले पूंजी वृद्धि गर्ने राष्ट्र बैंकको योजना विरुद्ध संसदमा लविङ गर्दै हिंडेको बताइन्छ । पैसाकै भरमा एमालेको कोटाबाट संसदमा पुगेका तामाङले एमाले नेतृत्वमै रहेको अर्थ समितिका सभापति प्रकाश ज्वालालाई प्रभावमा पारेर पूंजी वृद्धि विरुद्ध लविङ गरिरहेका छन् ।
त्यसमा एमालेहरुकै लगानी रहेको अर्को बैंक जनताका अध्यक्ष रहेका एमाले सभासद् उदय नेपाली श्रेष्ठले पनि साथ दिएका छन् । तामाङ र श्रेष्ठले आफूलाई पूरै नग्न बनाउँदै राष्ट्र बैंक जस्तो स्वायत्त संस्था विरुद्ध लविङ गर्नुको पछाडि अर्को रहस्यमय कारण पनि रहेको बताइन्छ । यी बैंकका धेरै प्रोमोटरहरु हकप्रद शेयर जारी गर्दा रकम थप्न सक्ने अवस्थामा छैनन भने रकम थप्न सक्नेहरु आम्दानीको स्रोत देखाउन सक्ने अवस्थामा छैनन् ।
त्यसैले पनि यिनीहरु पूंजी वृद्धि योजना विरुद्ध लागेको हुनसक्ने अनुमान राष्ट्र बैंक स्रोतले बताएको छ । तर राष्ट्र बैंकलाई अर्थ समिति वा एमाले बैंकवालाहरुले निर्देशन दिन नमिल्ने भएकाले उनीहरुले पूंजी वृद्धि योजना नाकमा डोरी बाँधेर भएपनि लागू गर्नुपर्ने छ ।
बरु एमालेवालाहरुले संचालन गरेका सिभिल, जनता र मेगा बैंकलाई आपसमा गाभ्नि सुझाव दिइएको पनि बुझिएको खबर नेपालीपात्रमा छ ।
Loading...