Loading...
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले राष्ट्रपति रामबरण यादब संविधानसभा भन्दा माथी नरहेको स्पष्ट पारेका छन ।
संविधान बिधेकको दफावार छलफलका क्रममा उठेका जिज्ञासाहरुको जबाफ दिंदै सिटौलाले राष्ट्रपतिले केही दिन प्रक्रिया रोकेर भएपनि सहमति गर्न सुझाव दिनुभएको भन्ने सत्य नभएको दावी समेत गरे ।
‘राष्ट्रपतिलाई यही संविधानसभाले बनाएको हो कांग्रेसका तर्फबाट वहाँ उम्मेद्वार बन्नुभएको हो त्यसैले संविधानसभा भन्दा माथी कोही पनि छैन’।
‘राष्ट्रपतिका बिषयलाई लिएर प्रेसमा आएका विषय गलत हुन् भन्ने ठान्दछु त्यसैले यस्ता बिषयको पछि नलाग्न समेत म सबैलाई आग्रह गर्दछु ।’ राष्ट्रिय स्वार्थमा सबै एक ठाउँमा हुने भन्दै उनले भनः ‘नेपाल सार्वभौम छ, नेपाल स्वाधिन छ, नेपालको भौगोलिक अखण्डताका विषयमा कसैले पनि प्रश्न उठाउन पाउँदैन ।’
‘राष्ट्रपतिका बिषयलाई लिएर प्रेसमा आएका विषय गलत हुन् भन्ने ठान्दछु त्यसैले यस्ता बिषयको पछि नलाग्न समेत म सबैलाई आग्रह गर्दछु ।’ राष्ट्रिय स्वार्थमा सबै एक ठाउँमा हुने भन्दै उनले भनः ‘नेपाल सार्वभौम छ, नेपाल स्वाधिन छ, नेपालको भौगोलिक अखण्डताका विषयमा कसैले पनि प्रश्न उठाउन पाउँदैन ।’
अहिले संविधान निर्माण गर्दैगर्दा केही राजनीतिक दल र सभासद् यहाँ नरहेको भन्दै उनले प्रधानमन्त्रीले पटक पटक गर्नुभएको पत्राचार र नेताहरुले गर्नुभएको आग्रहलाई आत्मसाथ गरेर बार्ता र छलफलमा आउन समेत उनले आग्रह गरे ।
सिटौलाले नेपालको सनातन हिन्दू तथा बुद्ध धर्मका साथै मुस्लिम धर्म संस्कृतिको संरक्षणका लागि विशेष व्यवस्था गरिने समेत प्रष्ट पारेका छन् । संविधानमा धर्म निरपेक्ष राखिएकोमा असन्तुष्ट भएका बिभिन्न समूहलाई आश्वस्त पार्ने क्रममा संविधानसभा बैठकमा उठेका प्रश्नको जवाफ दिदै सिटौलाले धर्म निरपेक्ष शव्दप्रति चित्त नदुखाउन हिन्दू धर्माबलम्बीहरुलाई आग्रह गरे ।
सिटौलाले भने–‘हामी गर्व गरौं,हामीले हाम्रो शैलीको धर्म निरपेक्षता कायम गरेका छौं । नेपालको इतिहाससँग गाँसिएका हिन्दू सनातन धर्मको संरक्षण गर्नैपर्छ । बुद्ध यहि माटोमा जन्मिनु भयो,लुम्बिनीको संरक्षण हुनुपर्छ । मल्लकालदेखि बनेका मस्जिदको संरक्षण हुनुपर्छ ।’
सिटौलाले समानुपातिक समावेशी प्रतिनिधित्वको हकमा अन्तरिम संविधानमा भएको व्यवस्था तलमाथि नहुने प्रष्ट पारे । उनले प्रदेशहरुको राजधानी सम्बन्धित प्रदेस सभाको दुई तिहाइले तय गर्ने बताए ।
Loading...
Social Buttons