Loading...
नेपालको संविधानको परिमार्जित धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग गरी राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ।
धारा ६१ मा राष्टपतिको सट्टा राष्टिय एकताको प्रतिकका रुपमा राजसंस्था रहनु पर्ने प्रस्ताव सदनको बहुमतले अस्विकृत गर्यो। सभाध्यक्षले थापाको प्रस्ताव अस्विकृत भएको घोषणा गरेपछि थापाले उठेर नियमावलीको धारा ४२ अनुसार मत विभाजन माग गरेपछि अध्यक्षले थापाको पक्षमा रहेका सदस्य उभिन निर्देशन दिए। थापाको समर्थनमा २५ जना सदस्य उभिएको भन्दै नियम अनुसार मतविभाजनको आधारमा ६१ सदस्य नभएको भन्दै मतविभाजनको माग अस्वीकार गरे।
यस्तो छ धारा ६१
६१. राष्ट्रपति : (१) नेपालमा एक राष्ट्रपति रहनेछ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ। निजले यस संविधान र संघीय कानून
बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ।
(३) राष्ट्रपतिलेनेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ।
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।
कमल थापाले राखेको संशोधन प्रस्ताव
उपधारा १ देखि ४ को सट्टामा देहाय बमोजिम कायम गर्नेः
“राजसंस्था : यस संविधानमा राजसंस्था भन्नाले श्री ५ लाई जनाउने छ।” “श्री ५” भन्ने शब्दले श्री ५ बडामहाराजाधिराज, पृथ्व्ाीनारायण शाहका वंशज, आर्य संस्कृतिका अनुयायी, हिन्दु धर्मावलम्वी, गद्दीनसीन श्री ५ महाराजाधिराजलाई सम्बोधन गरेको सम्झनुपर्छ।”
Loading...
Social Buttons