Loading...
बेला बेलामा विभिन्न कारणले चर्चामा छाउन माहिर कलाकार मोडल तिर्सना बुढाथोकी पछिल्लो समयमा चलचित्रसँगैं म्युजिक भिडियोमा समेत ब्यस्त छिन् ।
नेपाली पुनम पाण्डेको उपनाम समेत पाएकी उनले चर्चाकै लागी बेला बखत आफ्नै अर्ध नग्न तस्विर सामाजिक सञ्जालमा राखेर विवादमा छाउने गरेकी छन् । पानी, रेष्टुरेन्टलगायतका ब्यवसायको असफलतापछि अभिनयमा छिरेकी उनलाई अभिनय भने केही हदसम्म फपेको देखिन्छ ।
किन भने उनी यसमा छोटो समयमै लामो फड्को मार्न सफल भएकी छिन् । आधा दशकदेखि मोडलिङ क्षेत्रमा निरन्तर क्रियाशिल उनि महोत्वकांक्षी पनि छिन् । सायद त्यसैले होला काम कम गरेपनि उनको चर्चा भने बढी हुने गर्दछ । प्रस्तुत छ यी नै तिर्सनासँग न्यूज अभियानले गरिएको छोटो सम्वाद ।
तपाईलाई नेपाली पुनम पाण्डे भन्ने गरिन्छ किन ?
म पुनम पाण्डे होइन । मलाई उनको नामले चिनिने कुनै रहर पनि छैन । म नेपाली तिर्सना बुढाथोकी नै हँु । मलाई केही साथिहरुले पुनम पाण्डेको संज्ञा दिएका छन् । फ्यानले पनि मेरो क्रियाकलापले पुनम पाण्डे भनेका हुन् । मेरा ग्ल्यामरस तस्बिर सामाजिक संञ्जालमा पुनका झै देखिन्छन् ।
अभिनयबाट चर्चा पाउन सकिन्न र अर्धनग्न तस्बिरको सहारा लिन खोजेको ?
होइन । मलाई चर्चामा आउन अर्धनग्न तस्बिर सार्वजनिक गर्नु पर्दैन । आधा दशकदेखि यही क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएको छु । यो समयमा मैले अभिनय गरेका भिडियो पनि थुप्रै बाहिर आएका छन् भने चलचित्र पनि खेलीरहेको छु । दर्शकले मेरो अभिनय भन्दा पनि ग्ल्यामर मन पराउने भएकोले बेलाबेलामा म फ्यानका लागी फरक फरक तस्बिर दिने गर्दछु ।
आफैले सार्वजनिक गरेका तस्विरले बिबाद निम्त्याउदा कस्तो लाग्छ ?
बिवाद निम्त्याउँछ भनेर मैले नग्न तस्बिर सार्वजनिक गरेकी होइन । म चर्चामा रहन त्यो गरेकी हुँ । त्यसमा म सफल भएकी छु । मैले आफ्नो पर्सनल फेसबुक एकाउन्टमा राखेका तस्विर मिडियाले प्रकाशन गरेर विवादमा ल्याउछन् भने मेरो के दोस । अहिले मैले चर्चामा लागी अर्ध नग्न तस्बिर सार्वजनिक गर्नुपर्दैन ।
तपाईलाई कामुक हेराइकी हट गर्ल भन्ने गरिन्छ नि ?
हो र ? मलाई खुसी लाग्यो । मलाई अरुले हट गर्ल भन्छन् भने त्यो मेरा लागी खुसीको कुरो हो । संसारका युवतीलाई दुई किसिमबाट हेर्ने गरिन्छ । एउटा व्यूटिफुल र अर्को हट गर्ल । तर मलाई हट गर्ल बन्न मनपर्छ । मलाई हट गर्ल भनेर कसैले भन्छन् भने यसलाइ सहज पचाउन सक्छु । सबैले यही नामले बोलाउँन् जस्तो लाग्छ ।
हदैसम्मको अंग प्रदर्शन भएको चलचित्र अभिनय गर्ने रहर होला हैन ?
यो गलत हो । सबैले बसेर हेर्न मिल्ने चलचित्र बन्नुपर्छ भन्ने मेरो धारणा हो । त्यस्ता चलचित्रको अफर आयो र ति चलचित्रमा कथाले बेड सिन मागेको छ भने म पुरै दिन तयार छु । म अंग प्रदर्शन र आइटम डान्सका लागी चलचित्र खेल्दिन । बलियो चलचित्रको कथा छ भने म न्युट हुन आपती छैन ।
बिबादमा आउन रुचाउने मोडलमा तिर्सनाको नाम पनि पर्छ नि । होइन र ?
बिबादमा आउन कसलाई पो मनपर्छ र । तर कहिले काही क्रियाकलापले बिवादमा आईदो रहेछ । म आफैं चाहेर बिबादमा आउने गरेकी छैन मलाई विवादमा ल्याउनेहरु छन् । ति सबैका बिषयमा अहिले भन्न सक्दिन ।
यौनको बिषयमा लचकिलो धारणा राख्नु हुन्छ रे ?
हो , हाम्रो शरिरलाई तन्दुरुस्त राख्न यौन अति आवश्यक छ । यौन मानसिकता र शाररिक दुबैमा अति आबश्यक छ । यौनले माइन फ्रेस बनाउने कामगर्छ ।
तपाई पहिरन अली उताउलो लगान मनपर्छ होला होइन ?
होइन ,म आफुलाई सुहाउने र रहर लागेको पहिरन लगाउँछु । आफुलाई सजिलो राम्रो लागेको पहिरन अरुलाई असहज लाग्छ भने मैले कसरी बुझ्नु । अहिलेको समयमा घुडा भन्दा माथी देखाउन र छाती खोल्नुलाई उताउलो होइन ग्ल्यामर भन्ने गरिन्छ ।
अबको केही बर्षमा तपाईले सन्नी लियोनको ठाउँ ओगट्ने त होइन ?
त्यो होइन । अबको केही बर्षपछि म धेरै चर्चित व्यक्ति बन्छु र यहि मोडलिङ्ग क्षेत्रममा एउटा आयम कोर्नेछु ।
कलाकारीतालाई कसरी बुझ्नु भएको छ ?
कला सौदर्य हो । यसका माध्यमबाट धेरै कुरा गर्न सकिन्छ । तर नेपालमा नव प्रवेशीहरुले यसमा ठाउँ पाउन धेरै संघर्ष गर्नु पर्ने हुन्छ ।
Loading...
Social Buttons