Loading...
ठमाडौं, २ असोज । बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री कोइरालासँग भएको भेटमा जयशंकरले तराई–मधेस अशान्त रहेको अवस्थामा जारी हुने संविधानलाई कसरी समर्थन गर्ने भनेर सोधेका थिए ।
उनले भनेका थिए, ‘तराई अशान्त रहेको अवस्थामा नयाँ संविधानलाई भारतले कसरी स्वागत–समर्थन गर्ने ?’ प्रधानमन्त्री कोइरालाको जवाफ थियो, ‘संविधानसभामा विभिन्न राजनीतिक आस्था र विचार भएका राजनीतिक दलहरू छन् ।
प्रधानमन्त्री कोइरालाले नयाँ संविधान लोकतान्त्रिक चरित्रको रहेको र निर्वाचित प्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेकाले विश्वका लोकतान्त्रिक मुलुकले समर्थन गर्नेमा आफूले विश्वास लिएको पनि बताएका थिए ।
योभन्दा अरू विकल्प नभएको र अहिलेको भन्दा बढी समावेशी र लोकतान्त्रिक संविधान असम्भव रहेकोसमेत उनको जवाफ थियो ।
उनले भारतको सुरक्षा चासो सम्बोधन गर्न नेपाल तयार रहेको पनि बताएका थिए । प्रधानमन्त्रीसँग जयशंकरको डेढ घन्टा लामो भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटवार्तामा जयशंकरले संविधानमा सबै नेपालीले अपनत्व रहेको महसुस गर्नुपर्ने बताएका थिए ।
जयशंकरले नेपाल र भारतबीच खुला सिमाना रहेका कारण तराईको अशान्तिले अहिले बिहार, उत्तर प्रदेशलाई पनि अशान्त पारेको उल्लेख गरेका थिए ।
Loading...
Social Buttons