Loading...
मायाप्रेम अन्धो हुन्छ’ यो भनाई त हो तर, प्रेमको यो घटनाबाट साबित हुन्छ कि प्रेम मानिसको काल पनि हो ।
काकाको छोरा (भाई)सँग मायाप्रेम बसेपछि एक महिलाले आफ्नै इन्जीनियर पतिलाई विष सेवन गराएर हत्या गरेकी छिन् । घटना आन्ध्रप्रदेशको उत्तरी बंगलौरको हो ।
केशव रेड्डी नामका ३६ वर्षीय पुरुष बंगलौरको आर्टियांश इण्डिया नामको कम्पनीमा सफ्टवेयर इन्जीनियरको जागिर गर्थे । तर, उनकी श्रीमती शिल्पा रेड्डीले आफ्ना बुबा र प्रेमीसँग मिलेर उनको हत्या गरेकी छिन् ।
केशवकी श्रीमती शिल्पामाथि आरोप छ कि पहिला उनने आफ्नै पतिलाई जूसमा निदाउने गोलि घोलेर पिलाएकी थिईन् । जब उनी निदाउन थाले तब शिल्पाले केशवको टाउकोमा फलामको डण्डीबाट कयौपटक प्रहार गरिन् जसका कारण उनको मृत्यु भयो ।
प्रहरी अनुसन्धानमा यो कुरा पत्ता लागेको छ कि महिलाले धेरै प्रयासपछि योजनाबद्ध रुपमा केशवलाई बाटोबाट ठेगान लगाउन षड्यन्त्र रचेकी थिइन् ।
घटनाको छानविनका क्रमम प्रहरीले जब केशव की श्रीमती शिल्पालाई हिरासतमा लिएर सोधपुछ गर्दा तब घटनाको कारण खुल्न गयो । प्रहरीका अनुसार शिल्पा आफ्नो २२ वर्षीय प्रेमी वसुदेवसँग विहे गरेर सहरबाट टाढा जान चाहन्थिन । जसका लागि बाधा बनेका आफ्ना पतिलाई हटाउन यो कदम उठाएकी हुन् ।
खबर अनुसार शिल्पाको यो कदममा उनका आमाबुबाले पनि साथ दिएका थिए । शिल्पाले जब आफ्ना पतिको हत्या गरेकी थिईन् त्यो बेला उनका पिता र प्रेमीले लासलाई एक कपडामा बेरेर पोखरीको किनारमा फालेका थिए ।
हत्याको अघिल्लो दिन शिल्पाले आफ्ना ससुरालमा फोन गरेर केशवले एक दिन पहिले नै घर छोडेर गएको र अहिलेसम्म सम्पर्कमा नआएको गलत सूचना दिएकी थिईन् ।
त्यसपछि केशवका दाजूले शिल्पामाथि शंका गर्दै खोनविनका लागि प्रहरीमा निवेदन दिए । त्यही क्रममा केशवको शव पोखरीको किनारमा भेटिएको थियो । त्यसपछि प्रहरीले शिल्पालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाको सत्यतथ्य बाहिर आएको हो । एजेन्सी
Loading...
Social Buttons