Latest News

फोरम नेपालले जनकपुरबाट मधेस प्रदेश घोषणा गर्दै

काठमाडौं, २७ साउन । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संघीय समाजवादी फोरम नेपालले शुक्रबार जनकपुरबाट मधेस प्रदेश घोषणा गर्ने भएको छ।27
उपाध्यक्ष लालबाबु राउतले पहिलो संविधानसभाले गठन गरेको राज्यपुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार मधेस प्रदेश घोषणा गर्ने तयारी भएको बताए। उनका अनुसार शुक्रबार मधेस प्रदेश घोषणा र शनिबार प्रदेश कार्यसमिति गठन हुनेछ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले पर्सादेखि झापासम्मको भूभाग समेटेर मधेस प्रदेश घोषणा गर्ने तयारी गरेको छ ।

दुई हप्ताअघि काठमाडौंमा बसेको फोरम नेपालको केन्द्रीय समिति बैठकले मधेस प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो।

‘पूर्वनिर्धारित कार्यक्रमअनुसार मधेस प्रदेश घोषणा गर्न लागिएको हो । हाम्रो कार्यक्रमले सरकारसँग छलफलका लागि बाधा पुग्दैन,’ सरकार समर्थित दल फोरम नेता राउतले भने, ‘पहिले माओवादीले पनि त बिभिन्न प्रदेशहरु घोषणा गरेका थिए ।’khabardabali


Loading...