Loading...
१९ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश गरेको ९ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् ।
यस अघिका प्रधानमन्त्रीहरु भन्दा फरक ओलीले छोड्नु अघी बालुवाटारमा विरुवा रोपेका थिए
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर त्यहाँबाट बाहिरिएका हुन् । यसअघिका कुनै पनि प्रधानमन्त्रीले यस्तो काम गरेका थिएनन् ।
प्रधानमन्त्रीले बालुवाटार छोड्नु अघि सबै कर्मचारीलाई धन्यवाद दिएर भावुक बनाएका थिए ।
अहिले संसद भवन नयाँबानेश्वरमा नयाँ प्रधानमन्त्री चयन हुने तयारी चलिरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदको निर्वाचनका एक्ला उम्मेदवार रहेका छन् ।
प्रधानमन्त्री ओली प्रचण्ड भन्दा अघि नै संसद भवन पुगेका छन् ।
Loading...
Social Buttons