Latest News

प्रचण्डले ईश्वर शब्द उच्चारण नगर्दा चर्काे आलोचना, रमेश लेखकले नेपाली पहिचान जोगाए

काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गर्दा ‘ईश्वर’ शब्द उच्चारण गर्न अस्वीकार गरेका छन् ।
बुधबार निर्वाचित प्रचण्डलाई विहीबार शीतलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीले सपथ खुवाएकी थिइन् । संविधानमा उल्लेख भएअनुसार सपथ खुवाउने क्रममा राष्ट्रपति भण्डारी ईश्वर, देश र जनताका नाममा सपथ लिन्छु भन्ने हरफ उच्चारण गराएकी थिइन् । तर, प्रचण्डले देश र जनताको नाममा सपथ लिन्छु मात्रै भने । ईश्वर भन्ने शब्द उच्चारण गरेनन् ।
प्रचण्ड राष्ट्रिय पोशाकमा पनी देखिएनन् । उनले कोट पाइन्ट लगाएका थिए । तर, नेपालको राष्ट्रिय पोशाक अर्थात नेपालीको पहिचान दौरा सुरुवाललाई मान्ने गरिन्छ ।34
त्यसैगरी माओवादीबाट उप्रधान तथा अर्थमन्त्रीको सपथ लिने क्रममा कृष्ण महराले पनी ईश्वर शब्दको उच्चारण गरेनन् । माओवादी मन्त्रीहरु गौरीशंकर थारु र दलजित श्रीपाइलीले सपथ लिनेक्रममा ईश्वर शब्दको उच्चारण गरेनन् ।
सामाजिक सञ्जालमा कडा आलोचना
प्रधानमन्त्री प्रचण्डसहित माओवादी मन्त्रीहरुले संविधानमा उल्लेखित ईश्वर शब्द उच्चारण नगरेपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ ।
अरुण कुमार सुवेदी लेख्छन्– ‘संविधान बमोजिम लेखिएको र हस्ताक्षर गरेको एउटा शब्द ईश्वर मात्र उच्चारण नगरेर के प्रमाणित गर्या ? यो ढोङ्ग बाहेक केही होईन । ईश्वर को विपरितार्थक सैतान हो, ईश्वरका नाममा सपथ नखानुको अर्थ सैतानको नाममा खानु हो, सपथ नै सैतानी भएसी ?’
परशुराम काफ्ले लेख्छन्– ‘अब नेपाली पहिचान, भेषभुषा र परिवेश खोज्न पनि भारत (सिक्कीम दार्जिलिङ)तिरै जानुपर्ने हो त ? प्रसंग आजको शपथग्रहण’
रमेश लेखकले नेपाली पहिचान जोगाए
मन्त्री पदका लागि सपथ लिनेमा कांग्रेसका तर्फबाट रमेश लेखक पनी थिए र दौरा सुरुवाल उनी लगाउने एक्ला मन्त्री थिए । अरु सबै मन्त्रीहरु कोट पाइन्ट र अन्य पोशाकमा देखिएपनि लेखक अनुशासित मन्त्रीका रुपमा देखिँदै राष्ट्रिय पोशाकमै सपथ लिए ।
एक जना समर्थक लेख्छन्– ‘युद्ध र आन्दोलनको उपलब्धी–ईश्व्रप्रतिको अनास्था र अपमान, नेपाली पहिचानको उपेक्षा र अपमान । आज शपथग्रहणको दृष्य । धन्न रमेश लेखकले नाक जोगाइदिए ।’
भानुभक्त लेख्छन्- ‘ल हेर्नुस् रमेश लेखकबाहेक नयाँ मन्त्रिपरिषद् का सदस्यले दौरा सुरवाल लगाएनन् । राष्ट्रियता अब कसरी जोगिन्छ !!!’
अरुण सुवेदी अगाडि लेख्छन्- ‘एकापट्टी घनघोर अध्यात्मिक प्रम मोदी, अर्कातिर सांस्कृतिक पुनर्जागरणमा लागिपरेका राष्ट्रपति सी जिनपिङ । बीचमा ईश्वर शब्दमै पर्हेज गर्ने पुष्पकमल दाहाल, खै ?’
dainiknepal
Loading...