Latest News

रोष्ट्रममा उभिएका कान्तिशुन्य प्रचण्ड : ‘ओली फोबिया’ले आफैं बोल्दै खण्डन गर्दै

रोष्ट्रममा उभिएर प्रधानमन्त्रीमा उम्मेद्वारी दिंदै गर्दा प्रचण्ड आवरणमा हतास, मनोबैज्ञानिक रुपमा अति कमजोर देखिए । उनी बोलीरहंदा प्रधानमन्त्रीका एक्ला उम्मेद्वार अर्थात सुनिश्चित प्रधानमन्त्री बोलेका हुन वा पराजित नेता, भेउ पाउन उनैले सकेनन् । के बोले, संभवत प्रचण्डले ‘फ्ल्यासब्याक’मा हेरे भने सम्झंदा हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली झण्डासहितको पानीजहाजको अति सम्भव विकास दृष्टिलाई आकाशको तारा खसाल्ने असम्भब कथासँग जोडे । खै कसरी प्रचण्डमा यो तुलना आयो, कुनै कतै मिल्दैन । फेरि प्रचण्डले दुई/तीन अर्व पर्यटक प्रतिवर्ष नेपाल भित्र्याउन सकिने सम्भावना रहेको भन्दै त्यसमा आफू लाग्ने समेत बताए । नेपाल विकासको यो छापामार र छलाङ मोडेल सम्भब देख्ने यी पूर्ब बिद्रोही कमरेडले २०३० सालताका नै सम्भव ठानेर सुरु गरेको पानीजहाजलाई भने आकाशको तारा खसाल्ने सपनासँग जोड्ने कस्तो बुद्धत्व प्राप्त गरेका हुन् ? आश्चर्यजनक छ । 

प्रधानमन्त्री बन्दैगर्दा नेपाली इतिहासमा सम्भवत यति निरिह, कमजोर र गतिशुन्य व्यक्ति प्रचण्डमात्रै हुन् । जनताको मनमा राष्ट्रियता र विकास दृष्टिकोणका कारण छाप छाडेका प्रधानमन्त्री ओलीसँग आफूलाई तुलना गर्ने दुस्साहस गर्छन्, भाषामा त्यो व्यक्त गर्ने प्रयास गर्छन्, तर फेरि पहिले नै ट्रायलमा असफल भइसकेको पृष्ठभुमीले उनलाई असुहाउँदो बनाईदिन्छ ।

२०६४ को संविधानसभाबाट पहिलो ठूलो दल र त्यसका ओजपूर्ण नेता÷प्रधानमन्त्री बनेका प्रचण्ड २०७० मै तेश्रो दलमा सिमित, पार्टीको एक गुटमा सिमित हुंदै १४९९ सदस्यीय केन्द्रीय सदस्य भएको पार्टीका जोडजाडे प्रमुखमा पुग्दासमेत उनले महसुस नगर्नु बिडम्बना हो । प्रधानमन्त्री ओलीले भारतसँग सार्बभौम राष्ट्रको व्यवहार गरेर जसरी नेपाली नागरिकलाई पहिलो पटक वास्तविक सार्बभौम राष्ट्रका नागरिक बनाए र चीनसँग ऐतिहासिक सझौता गर्ने साहसिक काम गरे, प्रचण्ड तिनको श्रेय लिन पनि खोज्छन्, फेरि चिप्लिहाल्छन् । एक ठाउँमा ९ महिना सरकारमा बस्दा हामीले पनि ती काम गरेको भन्छन्, फेरि त्यहीनेर एकैपटक बजेटको खिल्ली पनि उडाउँछन्, सामाजिक सुरक्षाको व्यवस्थाको स्वामित्वग्रहण गर्न पनि खोज्छन् । अर्थात अत्यन्तै ‘कन्फ्युज्ड’, मौलिकताबिहिन र बाह्य स्रोतबाट प्राप्त सूचनावाचकको छनक दिन्छन् प्रचण्ड । 

घरी रेलमार्ग बनाउने योजना आफ्नै रहेको वताउँछन्, घरी कुन पैसाले बनाउने भन्ने प्रश्न गर्छन् । ‘ओलीफोबिया’ले तर्सेका प्रचण्ड प्रधानमन्त्री बन्नेदिन पनि कान्तिशुन्य सूचनावाचक मात्रै देखिए । 

किन प्रचण्ड यसरी तिलमिलाए ? प्रधानमन्त्री बन्ने एक्ला उम्मेद्धवार किन यति कान्तिशुन्य ? आम जनता जानकार नै छन् । 

एउटा भने यर्थाथ हो– प्रचण्ड अघिल्तिर शानकासाथ उनलाई सुनिरहेका प्रधानमन्त्री ओली÷उनको छायांको समेत त्रासमा छन् । अर्थात प्रचण्ड जताजतै ओलीमात्र देख्छन्, जनतामा ओली देख्छन्, आफ्नै पार्टीको बैठकमा ओली महिमा सुन्छन्, कांग्रेसमा ओलीको चर्चा सुन्छन्, आफ्नो काँधमा बन्दुक राखेर राष्ट्रबिरुद्ध पड्काउने कांग्रेसको योजना सुन्छन्, दक्षिणी खुफियाका ‘कोभर्ट’ खेलमा आफूलाई हितौषीका रुपमा अथ्र्याएको सुन्छन् । तिनै खुफियाले ओली राष्ट्रवादी र नेपाली जनताको पक्षमा रहेको बयान आफ्नै निवास लाजिम्पाटमा बसेर सुन्छन् । 

प्रधानमन्त्री बन्न आफूले बाह्य हस्तक्षेप निमन्त्रणा गरेको सम्झन्छन्, जसलाई उनै ओलीले ठाडै अस्विकार गरी चुनौती दिन्छन् । अनि किन त्रसित नहुन् प्रचण्ड ओली र उनको छायाँबाट ?

ओलीको बिरोध गर्न खोज्छन् तर ओलीले सुरु गरेका बिकास परियोजनाको बिरोध गर्न सक्दैनन्, बरु त्यसलाई अघि बढाउने प्रतिबद्धता जनाएर विकासका आकांक्षी जनताको मन तान्न खोजे पनि रेलमार्ग कहाँको पैसाले बनाउने भनेर प्रश्न गर्छन् ? रेलमार्गको विरोध गर्न नसके पनि कहाँको पैसाले बनाउने भन्ने प्रश्न झिकेर भारतीय स्वार्थमा रेलमार्ग तुहाउने संकेत प्रचण्डले प्रधानमन्त्री चुनिनुअघि नै गरे । 

फेरि त्यतिनै बेला ओलीले गरेका बिकास र दृष्टिकोण उहिले आफूले नै थालेको समेत भन्न पछि पर्दैनन् । चीनियाँ रेल नेपाल भित्र्याउने योजनालाई आफैले सुरुगरेको भनिदिए, जबकी त्यो सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको हो । 

प्रचण्ड अर्थात ‘फियर वान’, यतिबेला अन्यन्तै ठूलो मनौबैज्ञानिक त्रासदीमा छन् । कम्युनिष्ट पार्टीका नेताका रुपमा ओलीले आफ्नो र पार्टीकै स्थान सुरक्षित गरेपछि झन् छटपटाएका प्रचण्डमा ‘ओलीफोबिया’ नै भयो । जसको टे«लर प्रचण्डका भाषणमा देखियो । यति नुर गिरेका प्रधानमन्त्री
-
Loading...