Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

सर्वाधिक रन बनाउनेको सूचिमा पारस शीर्षस्थानमा


काठमाडौं, साउन ३१ - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालका कप्तान पारस खड्का सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । सोमबार नेदरल्याण्ड्ससँगको खेलमा ८४ रन बनाएका उनले जारी प्रतियोगितामा ३ सय ५२ रन बनाएका हुन् । 
नेदरल्याण्ड्ससँगको पहिलो खेलमा शनिबार खाता खोल्न नसकेका पारसले दोश्रो खेलमा ९४ बलको सामना गर्दै ८४ रन बनाएका हुन् । उनले ७ चौका र १ छक्का हाने । पारसले यो सहित गरेर जारी प्रतियोगितामा अहिलेसम्म आठ खेलमा गरेर ३ सय ५२ रन बनाएका छन् । त्यस क्रममा उनले एक शतक र ३ अर्धशतक पुरा गरेका छन् । गएको अप्रिलमा काठमाडौंमा भएको नामिबियासँगको दोश्रो खेलमा उनले शतक पुरा गरेका थिए । 
धेरै रन बनाउने खेलाडीको सूचिमा दोश्रो स्थानमा नेपालका शरद भेषावकर छन् । नेदरल्याण्ड्ससँगको दोश्रो खेलमा ६ रन बनाएको उनले अहिलेसम्म यो प्रतियोगिताको ८ खेलमा २ सय ९४ रन बनाएका छन् । शरदले जारी प्रतियोगितामा ३ अर्ध शतक हानेका छन् । तेश्रो स्थानमा युएईका शाहीमान अनवर छन् । उनले ७ खेलमा ३ अधशतकको मद्दतमा २ सय ८५ रन बनाएका छन् । प्रतियोगितामा अब नेपालले केन्या, हङकङ र युएईसँग दुई–दुई गरेर जम्मा ६ खेल खेल्न बाँकी छ । केन्यासँगको खेल सन् २०१७ को फ्रेब्रुअरी–जुलाईमा, हङकङसँगको खेल सन् २०१७ को जुलाई–नोभेम्बरमा र युएईसँगको खेल सन् २०१७ को नोभेम्बर–डिसेम्बरमा हुने छ । 
आठ टिम सहभागी यो प्रतियोगिताको शीर्ष ४ मा रहने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् । पुछारका चार टोली भने डिभिजन २ मा झर्ने छन् । 
Loading...