Latest News

भुसको आगोजस्तो गरी सल्कियो कांग्रेसभित्रको बिबाद ;;; प्रचण्ड सरकार डुब्ने संकेत

काठमाडौं, २० साउन - सरकारमा सहभागी नेपाली कांग्रेसभित्र चर्को विवाद उत्पन्न भएको छ। कनिष्ठलाई पार्टीकातर्फबाट  सरकारको नेतृत्वगर्दै पठाएको भन्दै कांग्रेसभित्रको विवाद भुसको आगो सल्केजस्तै भएको छ।  सभापति शेरबहादुर देउवाले आफू निकट त्यो पनि कनिष्ठलाई पार्टीकातर्फका सरकारको नेतृत्व गर्दै पठाएको भन्दै देउवा निकट नेताहरुनै रुस्ट भएका छन्।

देउवाका दाहिने हात भनेर चिनिने नेता गोपालमान श्रेष्ठले पार्टीकातर्फबाट सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी गरेका थिए। तर अन्तिम अवस्थामा देउवाले बिमलेन्द्र निधिलाई पार्टीकातर्फबाट सरकारको नेतृत्व गर्दै पठाएपछि विवादले उग्ररुप लिएको हो। नेता श्रेष्ठले सभापतिले आफूमाथि विश्वास घात गरेको भन्दै आफू निकट नेताहरुसँग गुनासो गर्न थालेको स्रोतले जनायो।  स्रोतका अनुसार नेता श्रेष्ठलाई देउवाले उपसभापति बनाउने आवश्वास दिएपछि उनी सरकारमा सहभागी नभएका हुन्।

श्रेष्ठलाई उपसभापति बनाउने आन्तरिक सहमति गरेको थहा पाएपछि अर्का प्रभावशाली नेता खुमबहादुर खड्का सभापति देउवासँग रुस्ट बनेका छन्। महाधिवेशनमा उपसभापति बनाउने बनाउने सहमति गरेका देउवाले अन्तिम अवस्थामा आफूलाई धोका दिएको भन्दै त्यसको बद्ला लिने सोच बनाएको उनी निकट नेताहरुले बताउने गरेका छन्। चौतर्फी  विवादबीच सभापति देउवा भने आफू निकटलाई साथै लिएर जाने योजनामा रहेका छन्। 

Loading...